सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सीमामा नाम मात्रको चेकजाँच, पुरानै गल्ती दोहोर्याउँदै सरकार !!

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ। भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन्। सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाको जोखिमबाट सर्वसाधारणलाई जोगाउन किनमेलका लागि रुपैडिया जान प्रतिबन्ध गर्ने निर्णय गरिए पनि कार्यान्वयनको अवस्थाबारे थाहा नभएको बताए। सीमा नाकामा नियमित अनुगमन के भइरहेको छ भन्ने जिज्ञासामा कुरुम्बाङले भने, ‘भोलिदेखि नै सीमामा कडाइ गरिनेछ।’

Sana Kishan

हेल्थ डेस्कमा छैनन्

World Link Ads
Mahakali Polytechnic

मेडिकल अधिकृतस्वास्थ्य सेवा विभागअन्तर्गत रोग नियन्त्रण महाशाखाले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर ११ चैतदेखि हेल्थ डेस्क सञ्चालन गरेको छ। देशभरिका डेढ दर्जन सीमा नाकामा यस्तो व्यवस्था गरिएको छ। तर, जमुनाहास्थित हेल्थ डेस्क लक्ष्यको आधा कर्मचारीबाट चलेको छ। एक जना मेडिकल अधिकृतसहित ६ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा तीन जनाले मात्र काम गरिरहेका छन्। दिउँसो हेल्थ डेस्कमा पुग्दा एक जना ल्याब, अर्का अहेब र एक अनमी काम गरिरहेका थिए। सिफ्ट सकिएको भन्दै अनमी जाँदा दुई जनाले काम गरेको पाइएको थियो। (उपहार खबर बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.