सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी देखाउनु मेरो मन कति पोल्छ पोल्न देउ : धर्मानन्द भट्ट

कसरी देखाउनु मेरो मन कति पोल्छ पोल्न देउ।
यो छातीको देब्रे-पट्टी भतभती पोल्छ पोल्न देउ।

आगो पोल्छ गुनासो छैन मायाले त पोल्न हुदैन,
मायाले नै पोलेर मार्‍यो अति पोल्छ पोल्न देउ।

Sana Kishan

जल्नुको कति मजा हुन्छ बत्तीलाई सोधी हेर्नुस्,
आफू जली खुसी बाड्छु जति पोल्छ पोल्न देउ।

World Link Ads
Mahakali Polytechnic

हुँदा हुँदा यतिसम्म शुष्क भएछ दिल आजकल,
ओरालो लागेको मित्रको गति पोल्छ पोल्न देउ।

सम्पत्तिकै लागि यसरी नाङ्गिन तयार भयो हेर,
उसले बुझेन एकदिन सम्पत्ति पोल्छ पोल्न देउ।
२०७७/१२/२३ महेन्द्रनगर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.