बैतडीको सिगास गाउँपालिकामा आईतबार बिहान आगलागि हुदा एक घर जलेर नष्ट भएको छ । सिगास गाउँपालिका १ बसेडा स्थित महेन्द्र बहादुर कुवरको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
शनिबार साँझ ४ बजे पातल सामुदायिक वनमा लागेको आगो आज बिहान ६ बजेतिर एक्कसी घरमा लागेको घरधनी महेन्द्र बहादुर कुवरले जानकारी दिनुभयो । घर जलेर नष्ट भएको र आगो अहिले सम्म नियन्त्रणमा नआउदा अरुघरमा पनि लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आगो निभाउन प्रयाप्त पानी नहुदा नियन्त्रमा ल्याउल नसकिएको हो ।
पत्तथर र खरले छाएको ४ कोठे घर तथा सरसमान जलेर नष्ट हुँदा करिब ८ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको घरधनी कँुवरले जानकारी दिए । उहाले भन्नुभयोे, ’आगलागी हुदा घरमा कोही नहुदा मानवीय क्षति भएन । पाटन नगरपालिका वडा नम्वर १० मा घर भएका कुवरले सिगास गाउपालिका १ बसेडामा मातमा घर लिएका जनाइएको छ ।
गाजरी प्रहरीचौकी बाट प्रहरी हवल्दार अम्मर बहादुर खड्काको नेतृत्वमा ३ जानको टोली घटानस्थलमा गइरहेको छ । (भुबि बिष्टले radio7star मा लेखेका छन्)