सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नया ५ का स्थानियहरुले होली खेलेर संकलन गरेको रकमबाट पिडित परिवारलाई गरे आर्थिक सहयोग !!

बैतडीको सुर्नया ५ कक्स्यालीका स्थानियहरुले होली खेलेर संकलन गरेको रकमबाट पिडित परिवारलाई आर्थिक सहयोग गरेका छन । सुर्नया गाँउपालिका वडा नम्वर ५ बिष्टपाली बरभैय्याका मानमति बिष्टको परिवारलाई काक्स्यालीका स्थानिय युवाहरुले होली खेलेर संकलन गरेको रकमबाट ५ हजार २५ रुपैया आर्थीक सहित खाद्यान्न सहयोग गरेका हुन ।

स्थानियहरुले होली खेलेर पिडित परिवारलाई आर्थिक सहयोगका साथै खाद्यान्न सहयोग गरेको शंकर बिष्टले जानकारी दिनुभयो । स्थानिय प्रकाश बिष्ट, दिपक बिष्ट, जय बहादु बिष्ट र शंकर बिष्ट लगायतका युवाहरुको समुहले होली खेलेर संकलन गरेको रकमबाट सहयोग गरेका हुन् ।

Sana Kishan

मानमती बिष्टका श्रीमान भान बहादुर बिष्टको रोजगाारीको शिलसिलामा रहेकाबेला यहि फागुन २८ गते भारतमा मृत्यु भएको र घरको आर्थिक अवस्था नाजुक भएका कारण उनका परिवारलाई सहयोग गरिएको दिपक बिष्टले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

यस अघि पनि श्रीमान गुमाएकी मानमतिका पिडित परिवारलाई स्थानियहरुको पहलमा १२ हजार ७ सय १० रुपैया नगद,गाउँघरबाट संकलन गरेर खाद्याान्न र लत्ताकपडा सहयोग गरेका थिए । (भुबि बिष्टले radio7star  मा लेखेका छन्)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.