सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नयाँ सरकारबारे कांग्रेस प्रस्ट, जनता समाजवादी पार्टी अझै अनिर्णित !!

प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्नेरनबन्ने अनिश्चित छ । अलमलमा रहदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले ओली र उनको विकल्पमा बन्ने सरकारलाई एउटै नजरले हेरेको छ । सरकारमा सहभागिता र समर्थन जनाउने विषयलाई यो समूहले निलम्बित सांसद रेशम चौधरीलगायत नेता– कार्यकर्ताको रिहाइ, उनीहरू विरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको सर्तसँग जोडेको छ ।

Sana Kishan

सरकारसँग यी माग पूरा गराउन ठाकुर पक्षले कार्यदल बनाएरै छलफल अघि बढाइरहेको छ । यी माग सरकार ले पूरा गरेमा प्रधानमन्त्री ओलीलाई नै पनि निरन्तरता दिन सकिने यो पक्षको संकेत छ । ‘हामीले अघि सारेका सबै माग सरकारले पूरा गर्न सक्छ भन्ने लाग्दैन, राजनीतिमा कतिपय विषय रणनीतिक हिसाबले अघि बढाइएको हुन्छ, त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ,’ जसपाका एक नेताले भने, ‘ पार्टी फुटाएर ओलीलाई साथ दिने कुरा धेरै कठिन छ ।’ (उपहार खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.