बैतडी – ग्रामिण भेगकै स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा सञ्चानल आएपछि बैतडीका स्थानीयहरुलाई सहज भएको छ । रगत परीक्षणक लागि सदरमुकामा धाउनु पर्ने नागरिकहरुलाई अहिले पाइक पर्ने ठाउँमा ल्याब सेवा सञ्चालन भएपछि सेवा लिन सहज भएको हो ।
अहिले जिल्लाका २१ ठाउँमा ल्याब सेवा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका ल्याब सम्पर्क व्यक्ती एवँ ल्याब टेक्निसियन जय सिहँ बडालले जानकारी दिए । उहाँका अनुसार दशरथचन्द नगरपालिकामा३ , पाटनमा ३, पुर्चौडीमा ४ र मैलौलीको २ ठाउँबाट ल्याब सेवा सञ्चालन छ ।
यस्तै सुर्नया २, पञ्चेश्वर ३, सिगासमा २ ओटा ठाउँमा सेवा सञ्चालन छ भने दोगडाकेदार गाउँपालिका डिलाशैनी गाउँपालिका र शिबनाथ गाउँपालिकाको पनि १÷१ ठाउँबाट ल्याब सेवा प्रवाह भइरहेको छ ।
पञ्चेश्वर गाउँपालिकाको गिरेगडा र सिगास गाउँपालिका बाहेक सबै प्रयोगशाबाट ल्याब सेवा सञ्चालनमा रहेको ल्याब टेक्निसियन बडालको भनाई छ । सो ठाउँहरुबाट पनि छिट्टै सेवा सुचाररुको तयारि भइहरेको उनले बताए । पहिले सदरमुकाममै पाइने ल्याब सेवा स्थानीय सरकार आइसकेपछि ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुन थालेको उहाँले बताउनुभयो । रगत परीक्षण गर्न सदरमुकाम धाउनु पर्ने बाध्यता थियो अहिले गाउँकै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन आएपछि सेवा लिन सहज भएको सुर्नया गाउँपालिका वडा नं ३ की मोती भट्टले बताइन् ।
ल्याब सेवाका लागि समस्या झेलिरहेका ग्रामिण भेगका नागरिकहरुलाई पाइक पर्ने स्वास्थ्य संस्थामा सेवा सञ्चालन भएपछि सहज भएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्र विष्टले बताए । अहिले सेवालिने नागकिहरुको सङख्यामा पनि वृद्धीभएको उहाँको भनाई छ । निजिकै सेवा पाउँदा सेवाग्राहीहरुको मुहारमा खुसियाली छाएको उनले बताए । निशुल्क नभएपनि सशुल्कनै सेवा पाइकपर्ने ठाउँमा पाइनथालेपछि सहज हुनेगरेको खुसिलागेको स्थानीय धौल सिहँ धामीले बताए ।
पछिल्लो समय वडा भित्रैरहेका स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा सञ्चालन भएपछि स्थानीयहरुलाई दिसा पिसाव र रगत परीक्षण गरेर रोग पत्ता लागाउन सहज भएको छ । पछिल्लो समय स्थानिय सरकराको पहलमा ग्रामिण क्षेत्रमा पनि ल्याव सेवा सञ्चालनमा आएका छन् ।सबैखाले स्वास्थ्य सेवामा नागरिकको समान पहुँच वृद्धिका लागि सस्तो तथा गुणस्तरीय स्वाथ्य सेवा प्रदान गर्न बैतडीको दुर्गम भेगकाका स्वास्थ्यचौकीमा ल्वाब सेवा धमाधम सञ्चालन भइहरेका छन् । जसबाट नागरिकहरु बढी लाभन्वीत भएका पाइन्छन् ।
जिल्लाकै ग्रामिण भेगहरुमा रहेका स्वास्थ्य चौकीमा सुगमका अस्पतालमा भन्दा सस्तो शुल्कमा ल्याब सेवा सञ्चालन हुन थालेपछि स्थानीय नागरिकहरुलाई धेरै राहत मिलेको हो । पालिकाको हेल्थ पोष्टहरुमा पछिल्लो सयम ल्याब प्रायेगशाला स्थापना हुने क्रम बैतडीमा बढेको छ ।
(रेडियो बैतडीबाट साभार)