सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिममा आरन पेशा लोप हुँदै !!

बैतडी– बैतडी सहित सुदुरपश्चिमका जिल्लाहरुमा आरन पेशा लोप हुँदै गएको छ । दलीत समुदायको बिश्वकर्मा जातिले अंगाल्दै आएको आरन पेशा अहिले लोप हुँदै जान थालेको हो । काचो फलामबाट आवश्यक औजार, समाग्री निर्माण गरिने आरन पेशा अहिले कम मात्रामा दलीत जातिले अंगालेको पाईन्छ । हसिया (आसी), कुटो, कोदालो, बन्चरो लगायतका कृषि उपकरणहरु उनीहरुले बनाउने गर्दछन । तर युवा पिँडिको आरन पेशा तर्फ बेलगाब, पेशागत जटिलता, न्युन पारिश्रमिकमा काम गर्नु पर्ने बाध्यता लगायतका बिभिन्न कारणहरुले गर्दा आरन पेशा लोप हुँदै गएको दशरथचन्द नगरपालिका २ देहीमाण्डौका नरी राम लुहारले बताउनुभयो । आफुहरुको पुख्र्याैली पेशाको रुपमा रहेको आरन पेशामा निकै चुनौतीहरु रहेको उहाँको भनाई छ ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि.

Sana Kishan

“अहिलेको पुस्ताको आर्कषण आरनमा छैन, यो काम निकै जटिल छ फलामसंग खेल्न त्यति सजिलो कहाँ छ र ?” उनले भने “ यो पेशा अंगाल्यो भने जिबिका चलाउन पनी मुस्किल छ तर आफुले त पुख्र्याैली पेशा छोड्न सकिएको छैन ।” उनले ब्यबसायीक रुपमै देहीमाण्डौ बजारमा आरन ब्यबसाय सञ्चालन गरेका छन । आरन पेशा सञ्चालन गर्नका लागी निकै मेहेनत चाहिने तर पारिश्रमिक भने न्युन हुने भएकोले पेशा संकटमा पर्दै गएको उनको भनाई छ । अहिले आरन सञ्चालनका लागी कोईला समेत पाउन मुस्किल हुने गरेको छ । “जगंलमा गएर रुख काट्न पाईदैन, काईलाको जोहो गर्न पनी समस्या रहेको छ ।” लुहारले भने । आफुहरुले उत्पादन गर्ने बस्तुहरुको माग नघटेको भए पनि हातैले काम गर्नु पर्दा जटिल हुने गरेको आरन ब्यबसाय अंगालेकाहरुको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

जातिसंग जोडिएको कारणले पनी आरन पेशा लोप हुँदै गएको जानकारहरुको बुझाई छ । आरन पेशा अंगाल्ने समुदायका नागरिकहरु पनी अहिले पुख्र्यौली पेशा छाड्दै अन्य बिकल्पको खोजी गर्ने गरेका छन । खेतीपाती गर्ने औजार देखि लिएर खाना पकाउने भाडाँकुडासम्म उनीहरुले निर्माण गर्ने गर्दछन तर अहिले परिर्बतित समयसंगै कम्पनीहरुले नै ले उत्पादन गरेका भाडाकुडाहरु बजारमा आउने गरेका छन । जसका कारण पनी यो पेशा संकटमा पर्दै गएको हो गाउँघरमा भाडाँकुडाहरुमा आरन लगाए बाफत खलो (मकै, धान, गँहु लगायतका अन्नतपात) दिने चलन रहेको छ । सोहीबाट उनीहरुले जीवीका चलाउने गर्दथे । अहिले त्यो बिरलै देख्न पाईन्छ । अहिले आरन पेशा सञ्चालन गरेकाहरुले भाडाँकुडाहरुमा आरन लगाए बाफत नगद मात्रै लिने प्रचलन बढ्दै गएको छ ।

 

Dirghayu Ads

( रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.