२०७७/१२/२० महेन्द्रनगर
थाहा छैन के गुमायौ कि त पाएर आयौ फेरी।
पाएनौ कि खान कुन्नी कि खाएर आयौ फेरी।
सकेनौ कि बस्न भित्रै मिलीजुली आपसमा,
मार हान्दै भूइ खोसर्दै फुफाएर आयौ फेरि।
गल्ती गर्दै माफी माग्नु चलेको चलन हाम्रो,
मन्दिर मस्जिद कहाँ जान नुहाएर आयौ फेरी।
नागरिक म औकातको व्यापार गर्ने मुलुकको,
थियो अवसर मुहार फेर्ने चुकाएर आयौ फेरी।
शङ्का गर्छ यो दुनियाँ के पो शिक्षा दिए बरै,
महाराजको श्रीपेच त्यो के लाएर आयौ फेरी।