कञ्चनपुर – भारत तर्फ गइरहेको अवस्थामा एक युवतीको उद्दार गरिएको छ । माइती नेपाल कञ्चनपुरले दोधाराचाँदनी स्थित झोलुङ्गे पुलबाट भारततर्फ गइरहेको अवस्थामा जिल्लाको लालझाडी गाउँपालिकाकी १८ वर्षीया युवतीको उद्दार गरेको हो ।
प्रहरी बनाइदिने प्रलोभजन देखाएर भारततर्फ लगिरहेको अवस्थामा ती युवतीको उद्दार गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन्।
संयोजक भट्टका अनुसार भारतकै पुरुम्पुरका २० वर्षीय युवक जान मोहम्दले उनलाई प्रहरी बनाइदिने प्रलोभजन देखाएर भारततर्फ लगिरहेको अवस्थामा फेला पारेको हो।
तर सोधपुछका क्रममा युवकले भने आफू विवाह गर्न उनलाई भारत लैजान लागेको बताएका छन्।
युवतीले भने आफूलाई विगतदेखि नै प्रहरी बन्ने इच्छा भएकाले मोहम्दले प्रहरी बनाइदिने आश्वासन दिएको बताएकी छिन्।
युवक अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् भने युवती माइती नेपालको संरक्षणमा छिन्। सो विषय थप अनुसन्धान भइरहेको बताइएको छ। (गोदावरी न्युज बाट सभार)