नजिक कानसम्मै आएर सुटुक्क बोलेको सम्झिन्छु।
बाँधिएका ती केश सबै सर्लक्कै खोलेको सम्झिन्छु।
एक जमाना थियो जहाँ अँध्यारो एकान्त मन पर्थ्यो,
जङ्गलको बाटो अङ्गालो हाल्दै छिचोलेको सम्झिन्छु।
लजाएर ओठ टोक्दै मुस्कुराउदै नजिकमै आउथ्यौ,
नसालु ती अधरहरू एक आपसमा घोलेको याद छ।
जवानीका उन्मत्त रहरहरू र उर्लदो त्यो बैँस थियो,
तिम्रो शृङ्गारको चमकले यी नयन पोलेको सम्झिन्छु।
दुनियाँको आँखा छल्दा छल्दा हैरान भएर भाग्थ्यौ,
के हाल होला आजकल लखेट्ने टोलेको सम्झिन्छु।
२०७७/१२/१९ महेन्द्रनगर