सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

किन घट्दैछ श्रीमान–श्रीमतीवीच आत्मीयता ? यस्ता छन् कारणहरु !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १९, २०७७
1 min read

नारी–पुरुष एक अर्काका परिपूरक हुन् । नारी पुरुषबीचको सम्बन्ध बिना यो सृष्टि नै असम्भव छ । भनिन्छ, नारीपुरुष अर्थात् श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । यात्राका क्रममा रथ चलाउन दुबै पाङ्ग्रा आवश्यक पर्दछ । एक पाङ्ग्रा मात्र प्रयोग भयो भने यात्रा अधुरै रहन्छ ।

भगवानलाई चढाइ ओइलाएको फूल नदी वा तलाउमा किन बगाउन हुदैन ?

बैशाख ८, २०७८
3

के जति पढे पनि याद नै हुँदैन ? यस्तो छ उपाय !!

बैशाख ८, २०७८
5

अर्थात् त्यो यात्रा अपुरो रहन्छ ।श्रीमान श्रीमती बीचको सम्बन्ध भनेको दुवै शरीर एक हुनु हो। जहाँ लाज, घीन पनि पचिसकेको हुन्छ । वैवाहिक जीवनमा चरम सुख छ । जहाँ माया र समझदारीले भरिएको वैवाहिक सम्बन्ध छ, त्यहाँ स्वर्ग खोज्न कहीँजानुपर्दैन ।

एक श्रीमान–श्रीमतीबीच संवेगात्मक, भावनात्मक यौनिकता जीवनका अधिकांश मिठास अर्थात् चरम आनन्द त्यही सम्बन्ध भित्र पाउन सकिन्छ । जहाँ प्रेममय सम्बन्ध हुन्छ,त्यहाँ श्रीमतीलाई दुख्यो भने श्रीमानले त्यो दुखाइको महसुस गर्छ । श्रीमानलाई दुख्यो भने श्रीमतीले त्यो दुखाइको महसुस गर्दछिन् । सम्पन भएको अवस्था होस् अथवा विपन्न भएको अवस्था होस् त्यो दुःखसुख दुवै श्रीमान श्रीमतीको साझेदारी हुन्छ ।

तर, अहिलेका अधिकांश वैवाहिक जीवनमा भावनात्मक सम्बन्धमा कमी हुँदै गइरहेको पाइन्छ । हाम्रो समाजको परिवेशको वैवाहिक जीवनमा हेर्दा २० प्रतिशत वैवाहिक सम्बन्धमा पूर्ण सन्तुष्टि छन् । अरु २० प्रतिशत सम्झौता र समझदारीमा चलेकै छन् । र, अरु ६० प्रतिशत वैवाहिक जीवन असन्तुष्ट बिताइरहेका छन् ।

कतिपय वैवाहिक सम्बन्धहरु भावनात्मक नभएर औपचारिकतामा सीमित छन् । अहिलेको विज्ञानको चमत्कारी युगमा अति आधुनिक सञ्चार माध्यम, मद्यपान, अभाव, आधुनिकता, व्यस्तताले वैवाहिक जीवनमा पनि भावनात्मक सम्बन्धमा न्यूनता ल्याएको छ ।

वैवाहिक जीवनमा आत्मीयतामा कमी आउनुका केही कारणहरु यस्ता छन्–

१) व्यस्तताः प्राय: धेरैजसोलाई अहिलेको भौतिकवादी सोच र अति महङ्गीमा घर व्यवहार चलाउन निक्कै मुस्किल छ । मानिसहरु पैसा कमाउन निक्कै भागदौड गरिरहेको अवस्था छ । प्रायःजसो श्रीमान श्रीमती नै काममा व्यस्त छन् । घरपरिवारलाई समय दिन नसक्ने बाध्यता सिर्जना भएको छ ।

भावनात्मक ऊर्जा हुनका लागि पनि समयको आवश्यकता पर्दछ । व्यस्त अवस्थामा मानिसहरुको ध्यान कामतिर मात्र केन्द्रित हुँदा भावनात्मक ऊर्जामा कमी आउँछ । अहिलेको व्यस्तताको कारणले पनि वैवाहिक जीवनमा भावनात्मक सम्बन्धमा कमी ल्याइरहेको छ ।

२) अभावः कतै अभावले भावनात्मक सम्बन्धलाई अवरोध पु¥याएको छ। हाम्रो जस्तो गरिब मुलुकमा जताततै, जेसुकैको अभावै अभाव छ ।
मानिसको पहिलो प्रथामिकतामा रहेको गाँस,बास, कपासकै अभावमा तड्पिनेको सङ्ख्या पनि निक्कै छ। त्यसमा पनि महँगीले आकाश छोएको छ ।

भ्रष्टाचार नगर्ने कर्मचारीहरुलाई तलबले महिना दिन टार्न। छोराछोरीको शिक्षा दीक्षाले अधिकांशलाई निक्कै भारी बनाएको छ र तनाव थपिदिएको छ ।अभावै अभावको कारणले तनाव सिर्जना हुन्छ । जब अभावका कारण तनाव सिर्जना हुन्छ, श्रीमान श्रीमतीबीच झगडा उत्पन्न हुन्छ र एक सुन्दर वैवाहिक जीवनभित्र आत्मीयताको कमी उत्पन्न हुन्छ ।

अभावकै कारण कतिपय वैदेशिक रोजगारीले पनि श्रीमान श्रीमतीबीचको सम्बन्धलाई चिसोपन ल्याएको छ । देशमा गरिबी बेरोजगारी बढेपछि अहिलेको समयमा ४० लाख युवायुवती विदेशिएका छन् । लामो समय वैदेशिक रोजगारमा रहँदा श्रीमान श्रीमती अलग रहनुको कारण धेरैजसोको भावनात्मक सम्बन्ध टुटेको यथार्थ छ ।

३) मद्यपान; सूर्य अस्त, नेपाली मस्त भन्ने भनाइ नै छ । यही भनाइ वास्तविक साबित हुन्छ । हाम्रो समाजमा धुम्रपान मद्यपान गर्नेको सङ्ख्या ठूलै छ । मदिरा अर्थात् जाँडरक्सीले खासै फाइदा पु¥याएको देखिँदैन । आफ्नो जिम्मेवारी दायित्व नै बिर्सिएर रक्सीमा तल्लीन हुनेको सङ्ख्या पनि निक्कै छ ।

जाँड रक्सीले कतिलाई त करोडपतिबाट रोडपति बनाएको यथार्थ छ । हरेक दिन रक्सीका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि धेरै छ । कतिले त रक्सीकै कारण रोगको उपहार लिएर तड्पिरहेका छन् । रक्सीको उन्मादमा हिंसात्मक घटनाहरु भइरहेका छन् ।

वैवाहिक जीवनमा आत्मीयता नहुनु भनेको घर बिग्रिनु हो । घर बिग्रिनु भनेको छोराछोरी बिग्रिनु हो । भोलिका कर्णधार बिग्रिनु भनेको समाज बिग्रिनु हो । र, समाज बिग्रिनु भनेको राष्ट्र बिग्रिनु हो रक्सी पिउनेहरुका श्रीमतीहरु जहिले पनि पीडित देखिन्छन् । धेरैजसो मद्यपान अर्थात् रक्सीका कारणले महिलाहरुले घरेलु हिंसा खेप्नु परिरहेको छ । दिनै रक्सी पिएर पैसाको पनि नास, ज्यानको पनि नाश र घरमा झैझगडा एवं हिंसात्मक क्रियाकलापले वैवाहिक सम्बन्धमा ठूलै क्षति पु¥याएर आत्मीयतामा भङ्ग गरेको अवस्था छ ।

४) शिक्षा र स्वतन्त्रता : अहिलेका नारी पुरुष समान रुपमा शिक्षित हुँदै गइरहेको समयमा श्रीमान श्रीमती आआफैँमा सक्षम हुँदै गहिरहेका छन् । अहिलेको शिक्षित वर्गहरु जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छन् । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा युगौँदेखि महिलालाई दमन शोषण एवं दासका रुपमा प्रयोग गर्दै आइरहेका थिए ।

नारीहरुले श्रीमानलाई भगवानसरी पुज्दै आएका थिए । तर, अहिलेको शिक्षित वर्गमा महिलाहरु नदबिनुको कारण पनि वैवाहिक जीवनमा आत्मीयता घटाएको छ । पितृसत्तात्मक पुरातनवादी मानसिकता महिलाहरुले नअपनाउनुका कारणले पनि वैवाहिक जीवनमा उतार चढाव ल्याएको छ ।

अहिलेको शिक्षित वर्गको वैवाहिक जीवनमा समझदारी भन्दा वैचारिक द्वन्द्व छ । जहाँ वैचारिक द्वन्द्व हुन्छ । त्यो वैवाहिक जीवनमा आत्मीयता शून्य हुन्छ । वैचारिक द्वन्द्व भएका वैवाहिक सम्बन्धहरु सम्बन्ध बिच्छेद अर्थात् पारपाचुकेसम्म पुग्छन् ।

५) सञ्चार माध्यमः अहिलेको विभिन्न टेलिफोन, सामाजिक सञ्जाल, भिबर, स्काइप विभिन्न सञ्चार माध्यमले पनि वैवाहिक जीवनमा उथल पुथल पारेको छ । अहिलेको समयमा घरको कोठामै बसेर संसार देख्न र संसारका मानिससँग वार्तालाप गर्न सहजै सकिन्छ । अहिलेको आधुनिक समयमा कोही पुरुष होस् अथवा महिला, नयाँ आकर्षण अर्थात् परपुरुष, परस्त्रीतिर झुकाव अर्थात् लगाव भएको देखिन्छ ।वैवाहिक जीवनमा तनसँगै भए पनि मनचाहिँ अन्तै भागेको अवस्था छ । अहिलेको सञ्चारले अवैध सम्बन्ध जोड्न सहज वातावरण सिर्जना गरेको छ

घरमै वैवाहिक सम्बन्धमा रहेर बाहिरी आकर्षणमा वार्तालाप गर्न रुचाउनेको सङ्ख्यामा पनि कमी छैन । अहिलेको केही वैवाहिक जीवनमा तनसँगै भए पनि मनचाहिँ अन्तै भागेको अवस्था छ । अहिलेको सञ्चारले अवैध सम्बन्ध जोड्न सहज वातावरण सिर्जना गरेको छ । एक किसिमको विकृति नै भित्र्यायको छ र वैवाहिक जीवनलाई ठूलै दखल पुराएको छ ।

विविध कारणले अहिलेका अधिकांश वैवाहिक जीवन भावनात्मक नभएर औपचारिकतामा सीमित छन् । हाम्रो समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदको मुद्दाले झनै हाम्रो समाज कता जाँदै छ ? वैवाहिक सम्बन्धमा बढ्दै गइरहेको असमझदारीले पश्चिमेली संस्कार नभित्र्याउला भन्न सकिँदैन ।

बाबुआमाको बेमेल अर्थात् सम्बन्ध विच्छेदका कारण ससाना लालाबालाहरुले कष्ट भोगिरहेका छन् । बाबुआमा छुट्टिनुको कारण बच्चाहरुको मनोवैज्ञानिक असर परेर कुलतमा लाग्ने सम्भावना बढेको छ ।

हाम्रो समाजमा पारिवारिक बिखन्डन अति नै बढ्दो छ । वैवाहिक जीवनमा आत्मीयता नहुनु भनेको घर बिग्रिनु हो । घर बिग्रिनु भनेको छोराछोरी बिग्रिनु हो । भोलिका कर्णधार बिग्रिनु भनेको समाज बिग्रिनु हो । र, समाज बिग्रिनु भनेको राष्ट्र बिग्रिनु हो ।त्यसैले यो संवेदनशील विषयमा हामीले समयमै गम्भीरतापूर्वक सचेत हुन अति नै आवश्यक देखिन्छ । (gnewsnepal बाट सभार)

सिफारिस

समाज

भगवानलाई चढाइ ओइलाएको फूल नदी वा तलाउमा किन बगाउन हुदैन ?

बैशाख ८, २०७८
3
विचार

के जति पढे पनि याद नै हुँदैन ? यस्तो छ उपाय !!

बैशाख ८, २०७८
5
विचार

जति पढे पनि याद नै हुँदैन ? यस्तो गर्नुहोस्

बैशाख ८, २०७८
6
मुख्य समाचार

रामनवमी पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै !!

बैशाख ८, २०७८
9
समाज

गणेश भगवानको पुजा गर्दा यी ११ मन्त्र जप्नुहोस् मिल्नेछ शुभ लाभ !!

बैशाख ८, २०७८
9
समाज

व्रत सकिएपछि के के खाने, के नखाने ?

बैशाख ८, २०७८
4
अर्को

सर्वोच्चले माओवादी र एमाले ब्युँताउने आदेश पुनरावलोकन नगर्ने !!

के तपाईंलाई गर्मी मौसममा चुकन्दर खानुका यी फाइदाहरु थाहा छन ?

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
2

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
4
gnewsnepal.com बाट साभार

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
3

पत्तै हुदैन समय बितेर जान्छ यस्तै यस्तै गरेर : धर्मानन्द भट्ट- महेन्द्रनगर !!

बैशाख ९, २०७८
14

दोधारा–चाँदनी सुख्खा बन्दरगाह : समग्र सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

बैशाख ९, २०७८
15

नेपालले मलेसियालाई ६९ रनले पराजित गर्यो !!

बैशाख ९, २०७८
76
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In