सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको शिवनाथ गाउँपालिका वडा नं ५ बकुन्नामा घरघरमा पानीको धारा !!

बैतडीको शिवनाथ गाउँपालिका वडा नं ५ को बकुन्ना टोलमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । बर्षौंदेखि खानेपानीको समस्या झेलीरहेका स्थानीय घरघरमा पानीको धारा पुगेपछि खुसी भएका हुन् ।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र शिवनाथ गाउँपालिकाको संयुक्त लगानि टुँडीगैर –बकुन्ना खानेपानी तथा सरसफाई निर्माण योजना सम्पन्न भएको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले जानकारी दिनुभयो ।

सो योजना निर्माणका लागि परियोजनाका तर्फबाट अनिरुद्र ग्रामीण सुधार केन्द्रले काम गरेको हो । १ करोड ४ लाखको लागतमा निर्माण भएको योजनाका लागि गाउँपालिकाको १३ लाख, स्थानीय जनश्रमदान २८ लाख र बाँकी ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लगानि रहेको कार्यक्रम निर्देशक अवस्थीले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गाउँका ९२ ओटा घरमा ९२ धारा निर्माण भएपछि स्थानीयबासीहरुलाई सजिलो भएको टुँडीगैर –बकुन्ना खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिका अध्यक्ष जयमलसिंह सुतारले बताउनुभयो ।

गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी निकै हर्षित भएका उहाँले बताउनुभयो । खानेपानीका लागि भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको सुतारले बताउनुभयो ।

यसैबीच टुँडीगैर–बकुन्ना खानेपानी तथा सरसफाई योजनाको बुधबार एक कार्यक्रमकाबीच उद्दघाटन समेत गरिएको छ । योजना अन्तिम अनुगमन सहित उद्दघाटन गरिएको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक अवस्थीले बताउनुभयो ।

योजना उद्दघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, उपाध्यक्ष कुस्मा चन्द, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका जलश्रोत सल्लाहकार लवराज पन्त लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.