महेन्द्रनगर ।
कञ्चनपुरको वेदकोट नगरपालिकाकामा झोलङ्गे पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्काले पुलको शिलान्यास गरेका हुन । पुलको शिलान्यास कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द्र , उप प्रमुख शुशिला सिह लगायत जनप्रतिनिधिको सहभागीता रहेको थियो। झोलङ्गेपुलले वेदकोट नगरपालिकाको तल्लो धरमपुर र सिसैया जोड्ने छ ।
झोलङ्गे पुल बन्ने भएपछि त्यहाँका स्थानीय वासी आवत जावत सहज हुने भन्दै खुसी भएका छन् ।