सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता काम बिहिवारको दिनमा भुलेर पनि गर्नुहुदैन !!

विहिवारको दिन भगवान विष्णुलाई अर्पित हुन्छ । हाम्रा पूर्वजहरूले सधैँ भन्ने गरेका छन् कि विहिवारको दिन हामीले केही काम गर्नुहुँदैन नत्र यसबाट हाम्रो नाश हुनसक्छ । ज्योतिषशास्त्र एक हिन्दु धर्मको यस्तो शास्त्र हो, जसमा मानिसलाई समान जीवन, दिनचर्या र भविष्यको बारेमा बताइएको छ । ज्योतिषशास्त्रका अनुसार, विहिवारको दिन यस्ता काम गर्नुहुँदैन, जसबाट तपाईको परिवारमा कुनै समस्या या तपाईलाई आर्थिक समस्यासँग जुध्नु पर्नेहुन्छ ।

ब्रह्माण्डमा स्थित नौ ग्रहहरू मध्य बृहस्पति को वजन सबैभन्दा भारी हुन्छ । यहि कारण हो कि यस दिन हरेक ती काम जसबाट शरीर या घरमा हल्कापन आउँछ । यस्तो अवस्थामा यस्ता कामहरू गर्नबाट मनाही गरिन्छ किनकी यसो गर्दा बृहस्पति ग्रह हल्का हुन्छ । बृहस्पति धर्म एवम् शिक्षाको कारक ग्रह हो । बृहस्पति ग्रहलाई कमजोर बनाउँदा शिक्षामा असफलता मिल्छ । साथै धार्मिक कार्यमा विश्वास कम हुँदैन जान्छ ।

१–नंग काट्ने र दाह्री खौरिने काम गर्नुहुँदैनःशास्त्रका अनुसार बृहस्पति ग्रहलाई एक जीव मानिएको छ । जसको अर्थ बृहस्पति ग्रहमा जीवन हुन्छ । यस दिन नंग काट्दा बृहस्पति ग्रह कमजोर हुन्छ । यसको कारण तपाईको बाँच्ने दिन कम हुनेगर्छ ।

World Link Ads
Mahakali Polytechnic

२–महिलाहरूले कपाल धुनुहुँदैनःविहिवारको दिन महिलाहरूलाई कपाल धुनबाट मनाही गरिएको छ किनकी महिलाको कुण्डलीमा बृहस्पति पतिको कारक हुन्छ । यदि कोही महिलाले यस दिन कपाल धोएमा यसको पतिको उन्नतिमा सिधा असर पर्छ किनकी यस दिन कपाल धुँदा बृहस्पति कमजोर हुन्छ । यसै कारणले यस दिन महिलाले कपाल पनि काट्नु हुँदैन ।

Sana Kishan

३–घरमा पोछा लगाउनु हुँदैनःतपाईले यस दिन कहिलै पनि कपडा धुनु हुँदैन । यदि यस दिन तपाई आफ्नो घरमा पोछा लगाउने सोचिरहनु भएको छ भने यस्तो पनि गर्नुहुँदैन किनकी यसबाट बच्चाहरू, छोराहरू, घरको सदस्यहरूको शिक्षा, धर्म आदिमा शुभ प्रभावमा कमी आउँछ । अर्थात् उनीहरूको उन्नति रोकिन्छ ।

४–यस दिन लक्ष्मीलाई वेवास्ता गर्नुहुँदैनःहामी सबैलाई जानकारी भएकै कुरा हो कि विहिवार भगवान विष्णु जी को दिन हो । भगवान विष्णु जी को पत्नी माता लक्ष्मी हुन । अर्थात् विष्णु जी तब प्रसन्न हुनुहुन्छ जब तपाई उहाँको पत्नीको ख्याल राख्नुहुन्छ ।

५–घरमा लागेको जालो सफा गर्नुहुँदैनःघरको सरसफाई नगर्नुहोस् र साथै घरबाट माकुरोको जालो पनि सफा नगर्नुहोस् । ती कुनालाई सफा गर्नुहुँदैन, जसलाई दिनहुँ सफा गरिँदैन । यदि सम्पूर्ण कामलाई विहिवार गरिएमा धनको हानि हुन्छ । यो सबै उन्नति कम गर्ने संकेत हुने गर्दछ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.