सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जलविद्युत् आयोजनामा काम गर्ने १२ मजदुरलाई कोरोना संक्रमण !!

म्याग्दी — नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाका १२ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिकाको कोरोना अस्पतालमा लक्षणसहित उपचार गर्न गएका १० जनाको पीसीआर परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरूकै कन्टयाक ट्रेसिङमा परेका ७६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार १२ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सुरुमा संक्रमण पुष्टि भएका ५ मध्ये ४ भारतीय र एक जना नेपाली थिए । बुधबार संक्रमण पुष्टि भएकाहरूमा एक जना भारतीय छन् र अरू नेपाली छन् । स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले नारच्याङमा एक सातामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । जिल्लामा हालसम्म २ हजार ५ सय ३० जनाको स्वाब परीक्षण गरिएकामा ५७ महिलासहित २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

World Link Ads
Mahakali Polytechnic

यस्तै पोखरामा केही सातायता कोरोना संक्रमण पुनः बढेको छ । जाँच गराउनेमध्ये फागुनमा दैनिक औसतमा १२ जनामा संक्रमण पुष्टि हुनेमा चैतमा उक्त संख्या दैनिक १९ पुगेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार ३२ जनामा संक्रमण पाइएकामा मंगलबार ३६ जनामा पुष्टि भएको छ ।

Dirghayu Ads
Sana Kishan

बुधबार पनि पोखराका विभिन्न वडामा गरी २३ जनामा संक्रमण पुष्टि भएको छ । एक÷दुईबाहेक अधिकांश संक्रमित महानगरभित्रकै रहेको महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए । ‘चैत लागेसँगै कोरोना संक्रमण पनि बढेको छ,’ उनले भने । उनका अनुसार माघमा दैनिक १७, फागुनमा १२ संक्रमित औसतमा हुने गरेकामा चैतको १८ दिनसम्मको विवरणमा दैनिक १९ पुगेका छन् ।

पोखरामा बुधबारसम्ममा ८ हजार ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांश निको भएका छन् । प्रदेश सरकारको संक्रामक तथा सरुवा रोग अस्पतालमा अहिले पोखराका १२ जना आइसोलेसनमा छन् भने अन्य होम आइसोलेसनमा छन् ।

‘कोरोना जोखिम बढ्दै गएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले भने । पोखरा महानगरपालिकाले कोरोनाबाट मृत्यु भएका १ सय ९७ जनाको शव व्यवस्थापन गरेको छ । कोरोनाबाट ज्यान गुमाउनेमा महानगरभित्रकै १ सय २१ र अरू बाहिरी जिल्लाका रहेको आचार्यले बताए ।

(कान्तिपुरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.