सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको टीकापुर स्थित क्षेत्रीय नमूना विद्यालय वीरेन्द्र विद्या मन्दिरको छात्रवास भवन जीर्ण !!

टीकापुर – कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्षेत्रीय नमूना विद्यालयको छात्रवास जीर्ण अवस्थामा पुगेको छ।

वि.सं २०४३ माघ २९ गते बिहीबार तत्कालीन रानी ऐश्वर्याले उद्घाटन गर्नुभएकोे छात्रवास भवन मर्मतसम्भार नहुँदा जीर्ण भएको छ।टीकापुर विकास समितिले छात्रवासका लागि निर्माण गरेको चारवटै भवन सुर्की, चुना, कहीँ सिमेन्ट र बालुवा प्रयोग गरेर निर्माण गरिएको हो।

दुईतले यी भवनको सिँढी, ढलानबाट सिमेन्ट खस्न थालेका छन्।सिँढी र ढलानमा सिमेन्ट खसेर सरिया छरपस्ट देखिन्छन्। “भवनको अवस्था डरलाग्दो छ, यस्तो भवनमा विद्यार्थी राखेका छौँ, चिन्ता लाग्छ”, छात्रवासका प्रमुख ओमनाथ उपाध्यायले भने, “भवन मर्मतमा धेरै पहल गर्यौँ कसैले ध्यान दिएनन्।” उनका अनुसार भवन मर्मतका लागि यस वर्ष टीकापुर नगरपालिका १ ले रु साढे दुई लाख दिएको छ भने अघिल्लो वर्ष पाँच लाख दिनेछ।

World Link Ads
Mahakali Polytechnic

“वडा कार्यालयले बर्सेनि केही रकम मर्मतका लागि दिन्छ तर त्यो अति न्यून हो, भवन जीर्ण भएकाले मर्मतभन्दा पनि नयाँ बनाउनुपर्ने अवस्था छ”, उपाध्यायले भने, “भवन कुनै बेला पनि भत्कने अवस्थाका छन्, ३४ वर्षअघि निर्माण भएको भवन त्यसै पनि कमजोर हुन्छ, त्यतिबेलाको निर्माण प्रविधि र अहिलेको प्रविधिमा फरक छ।”

Dirghayu Ads

भवन जीर्ण भए पनि छात्रवासमा १०० भन्दा बढी विद्यार्थी बस्छन्। बूढानीलकण्ठ स्कुलमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट छानिएका १०० भन्दा बढी विद्यार्थी विसं २०६७ देखि वीरेन्द्र विद्या मन्दिरमा अध्ययन गर्दै आएका छन्।

Sana Kishan

विसं २०३१ मा टीकापुरमा आवासीय विद्यालय सञ्चालन भए पनि २०४३ देखि यो भवनमा विद्यार्थी बस्न थालेका हुन्। “विद्यार्थी बाहिरबाट पढ्न आएका छन् तर भवनको अवस्था नाजुक छ”, वीरेन्द्र विद्या मन्दिरका प्राचार्य यज्ञराज ज्ञवालीले भने, “विभिन्न ठाउँमा प्रस्ताव हाल्छौँ, कतैबाट बजेट पाइँदैन।” उनले आफ्नै स्रोतले छात्रवास भवन निर्माण गर्ने बजेट नभएको भन्दै स्थानीय सरकारले छात्रवास भवन निर्माणमा ध्यान दिनुपर्ने बताए।

यतिखेर प्रदेशसभा सदस्य, सङ्घीय सांसदको बजेट तानातान छ तर वीरेन्द्रको छात्रवास निर्माणमा कसैको ध्यान गएको देखिँदैन। “यतिखेर स्थानीय, प्रदेश र सङ्घका जनप्रतिनिधिले बजेट यहाँ दिएँ, उहाँ दिएँ भन्छन् तर वीरेन्द्रको छात्रवासमा कसैले ध्यान दिएको पाइँदैन”, वीरेन्द्र विद्या मन्दिरका पूर्वविद्यार्थी भुवनेश्वर अधिकारीले भने, “हजारौँ विद्यार्थीले शिक्षा पाएको र दिँदै आएको संस्थामा जनप्रतिनिधिले ध्यान दिएका छैनन्, योभन्दा दुर्भाग्य अरु के होला रु वीरेन्द विद्या मन्दिरमा आफ्ना छोराछोरी पढाउनकै लागि टीकापुरमा बसोबास गरेको र यही कारणले टीकापुरमा बस्ती बसेको कुरा जनप्रतिनिधिले बिर्सिए”, अधिकारीले भने।

विसं २०४८ सम्ममा यस विद्यालयमा पढ्न पाउनु विद्यार्थी र अभिभावकलाई भाग्यमानी ठान्ने गरिन्थ्यो। प्रजातन्त्र आएसँगै विद्यालयमा राजनीति हुन थालेपछि विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको बताइन्छ। विद्यालयको अर्थावस्था नाजुक भएपछि विसं २०६६ मा १५ बिघा जमिन बिक्री गर्नुपरेको थियो। जमिन बिक्री रकमबाट पुराना शिक्षकलाई राहत रकम दिएर अवकास दिइएको थियो।

केही वर्षदेखि विद्यालय सहजरूपमा सञ्चालन भएको छ। उच्च माविसम्मको अध्ययन हुने यस विद्यालयलमा तीन हजारभन्दा बढी विद्यार्थी छन्। विद्यालयले बर्सेनि करिब ३० लाख बराबरको छात्रवृत्ति बाँड्ने गरेको छ। (godawarinews बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.