सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने प्रधानमन्त्री ओलीको घोषणा !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १८, २०७७
1 min read

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन्। ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन ? यो किन गरिएन ? त्यो किन गरिएन भनेर धुम मच्चाइयो’, काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम ग¥यौं।’

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति हुन सक्ने बताए। ‘अब कसैलाई आपत्ति लाग्ला। बूढाबूढी पनि हेर्न थाल्यो, अपांग हेर्न थाल्यो। यो सरकार छिटो हटाउनुप¥यो। मान्छेहरूलाई भरैबाट यो छटपटी हुन्छ। निद्रा लाग्दैन’, ओलीले भने।

ओलीका अनुसार पूर्व–पश्चिम रेलमार्गको छिट्टै शिलान्यास गरिनेछ। बर्दिवास जयनगर रेल सेवा सञ्चालनको तयारी छ। केरुङ काठमाडौं, काठमाडौं रक्सौल जोड्ने रेलमार्ग निर्माण हुने ओलीले बताए।

उनले देशमा विकास तीव्ररूपमा भइरहेको उल्लेख गर्दै दैनिक १० किलोमिटर सडक बनिरहेको दाबी गरे। हुम्लाबाहेक सबै जिल्ला सदरमुकाममा सडक पुगिसकेको उनले सुनाए। हुम्ला सदरमुकामलाई छिट्टै सडक सञ्जालले छुने जानकारी उनले दिए। उनले प्रत्येक स्थानीय तहको केन्द्रमा पक्की सडक विस्तार गर्ने अभियान थालिएको बताए।

उनका अनुसार पाँच हजार विद्यालय पूर्वाधार विकासमा पाँच अर्ब वितरण गरिनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको विकास तीव्र रूपमा भइरहेको उनले बताए। हुलाकी राजमार्गको पनि ९० प्रतिशत काम सकिएको उनको भनाइ थियो। उनले समृद्धि नारा मात्र नभएर सरकारको गन्तव्य भएको बताए।

उनले कोरोनाविरुद्धको खोप सम्पूर्ण जनतालाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याए। ‘सरकारले निःशुल्क पीसीआर परीक्षण गरायो, कोरोनाको उपचार गरिरहेको छ। सम्पूर्ण जनतालाई निःशुल्क खोप उपलब्ध गराउने भनेर घोषणा पनि गरिसकेको छ’, उनले भने।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरे। पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको उनको भनाइ थियो।

नेकपा खारेज गरेको विषयमा दाहालले सर्वोच्च अदालतमा दिएको पुनरावेदनप्रति संकेत गर्दै ओलीले अदालतले पार्टी मिलाइदिने हो र भन्ने प्रश्न गरे। उनले निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न सुझाए। ‘निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न कसले रोकेको छ ?’, रिपोर्टर्स क्लबको कार्यक्रममा ओलीले भने, ‘अनि अदालतमा पार्टी एउटै गरिपाऊँ भन्ने ? अदालतले गरिदिने हो पार्टी एकता ? पार्टी मिलाइदिने काम अदालतको हो ?’ ऋषि कट्टेललाई अदालतले न्याय दिएको उनले बताए।

उनले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको आरोप लगाए। विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको उनको भनाइ थियो। उनले आफू प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए। भने, ‘मिडियालाई बन्देज गर्ने, रोक्ने, न्यून गर्ने कुनै योजना छैन।’

उनले देश चुनावमा जाँदा कसरी लोकतान्त्रिक गणतन्त्र खतरा प¥यो भन्दै प्रश्न गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ रे ! कहीँकतैबाट खतरा आएको देख्दिनँ। निर्वाचन भएर खतरामा पर्छ भने अबको २० महिनामा निर्वाचन हुन्छ नै’, उनले भने, ‘कोही मान्छेले राजनीतिलाई धमिल्याउने काम गरिरहेका छन्।’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरतर्फ हेर्दै ओलीले भने, ‘म पनि महन्थजीको पार्टी मिलाइपाऊँ भनेर निवेदन हाल्छु। उहाँ र म नमिल्ने अनि अदालतमा गएर मिलाइपाऊँ भन्ने कुनै राजनीति भयो ?’

उनले अहिले मुलुकमा कुनै संकट नरहेको दाबी गरे। ‘देश संकटमा छ भनेर गलत प्रचार भइरहेको छ। खै कहाँ छ संकट ? जनतालाई संकट छ कि किसानलाई संकट छ कि ? तर म त कहीँ संकट देख्दिनँ’, उनले भने, ‘देउवा, प्रचण्ड र माधवजीहरूलाई संकट परेको होला। तर देशलाई र संविधानलाई संकट छैन।’ (annapurnapost बाट सभार)

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

कैलालीको टीकापुर स्थित क्षेत्रीय नमूना विद्यालय वीरेन्द्र विद्या मन्दिरको छात्रवास भवन जीर्ण !!

माओवादी केन्द्रले भन्यो : प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत लिनुपर्छ

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In