सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा ४ हजार ३९५ आर्थिक क्रियाकलापसंग उद्योग, प्रतिष्ठान तथा संस्थाहरु रहेको तथ्यांक सार्वजनिक !!

बैतडीमा ४ हजार ३९५ आर्थिक क्रियाकलापसंग उद्योग, प्रतिष्ठान तथा संस्थाहरु रहेको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांक कार्यालय दार्चुलाले मंगलबार राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा सो जानकारी दिएको हो । नतिजा सार्वजनिकीकरण कार्यक्रममा सुदूरपश्चिममा ६२ हजार ९६८ आर्थिक क्रियाकलापसंग सम्बन्धि उद्योग प्रतिष्ठान र संस्थाहरु रहेको जानकारी दिइएको छ ।

यो तथ्यांक हेर्दा देशभरीका आर्थिक क्रियाकलापसंग सम्बन्धित संस्थाहरु मध्ये ७ प्रतिशत सुदूरपश्चिममा रहेका तथ्यांक कार्यालय दार्चुलाका सूचना अधिकारी जनक बोहराले जानकारी दिनुभयो । सुदूरपश्चिममा रहेका आर्थिक क्रियाकलापसंग सम्बन्धित संस्थाहरु मध्ये ७ प्रतिशत बैतडीमा रहेका उहाँले बताउनुभयो ।

Sana Kishan

बैतडीमा २ हजार ७९५ संस्थाहरु दर्ता भएका छन् १ हजार ६ सय दर्ता नभएका पाइएको छ । आर्थिक क्रियाकलापसंग सम्बन्धित संस्थाहरुमा पसल, उद्योग, होटेल लगायत आर्थिक क्रियाकलापमा संलग्न सबै संस्थाहरुलाई समावेश गरिएको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो । यस्तै दार्चुलामा सुदूरपश्चिमको १० प्रतिशत आर्थिक क्रियाकलापसंग सम्बन्धित प्रतिष्ठानहरु रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic

नेपालमा २०७५ सालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना भएको हो । सो गणनाको नतिजा अनुसार देशभर ९ लाख २३ हजार ३५६ ओटा आर्थिक क्रियाकलापसंग सम्बन्धित संस्थाहरु रहेका छन् । ती मध्ये ४ लाख ६२ हजार ६०५ मात्रै दर्ता भएका पाइएको छ । अब नेपालमा हरेक ५ बर्षमा राष्ट्रिय आर्थिक गणना हुने तथ्यांक कार्यालय दार्चुलाले जनाएको छ । तथ्यांक कार्यालय दार्चुलाले बैतडी र दार्चुलामा काम गर्दै आएको समेत सूचना अधिकारी बोहराले जानकारी दिनुभयो । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.