सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा खडेरीका कारण गहुँ खेतहरु बाँझै, किसानहरुलाई भोकमरीको चिन्ता !!

लामोसमय देखीको खडेरीका कारण किसान मर्कामा परेका छन् । पानी नपरेपछी खेतमा लगाएको गहुँ बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका हुन् ।

पर्याप्त पानी अभावमा गहुँ बाली नउर्मिएपछि किसानहरु चिन्तित भएका हुन् । पर्याप्त पानी नपरेर खडेरी परेपछि बैतडीका किसानहरुलाई भोकमरी चिन्ताले चस्काएको छ । गएको मंसिरदेखि जमिन भिज्ने गरि पानी नपर्दा अन्नबाली सुक्न थालेको छ ।

Sana Kishan

लामो समय देखी कोरोनाभाइरस कोभिड १९ ले गर्दा देश लकडाउन भयो आयस्रोत केही भएन ज्याला मजदुरी गरेर घरपरिवालाई पाल्ने गर्थे लामो समयको लकडाउनले काम गर्ने अवसर गुम्यो अहिले अन्नबाली उतपादन छैन अब बालबच्चा घरपरिवारलाई कसरि पाल्नुहो भन्दै डिलाशैनी गाउँपालिका स्थानीय हरिश मालले दुखेसो पोख्नुभएको छ । गहँुछरेका खेतहरु सिंचाइ अभाव र खडेरीको कारण बाँझैरहेका छन । किसानहरुका अनुसार पानी अभावले छरेका गहुँबाली उर्मिएन्न भने कहिँकतै उर्मिएपनि बाला नलागदै सुकेका छन् ।

World Link Ads
Mahakali Polytechnic

पानीअभावले कतै गहुँ उर्मिएन्न, कुनै ठाउँमा गहुँ उर्मिए पनि सुकेर बालानै नलागेका किसानहरुले बताएका छन् । उमिखेतबारीमा लगएको गहुँ पनि पानी नपरेर सुकेपछि भोकमरीको चिन्ता हुन थालेको उहाँको भनाई छ । खेतबारीमा लगाएको बाली सबै सुकेर खेत बाँझै रहेको स्थानीयले गुनासो गरेका छन् । सिंचाई सुविधा नभएका नागरिकहरुलाई अहिले भोकमरीको चिन्ताले पिरोलेको छ ।खडेरीका कारण किसानहरुलाई भोकमरी हुने चिन्ता बढेको हो ।

Dirghayu Ads

सिंचाइ अभावमा आकाशे पानीको भरमा खेती गर्ने ठाउँका नागरिकलाई समस्या भएको डिलाशैनी वडा नम्बर ७ स्थानीय रधुबिर सिह धामीको भनाई छ । बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ । ८ हजार हेक्टर जमीनमा मात्रै सिंचाईको सुविधा रहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले जानकारी दिनुभयो । खडेरीका कारण यो बर्ष गहुँबालीको उत्पादनमा २५ देखि ३० प्रतिशत सम्म कमी आउने अनुमान गरिएको ज्ञान केन्द्र प्रमुख सिंहको भनाई छ । (अशिष मालले  रेडियो बैतडीमा लखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.