सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नया गाउँपालिका ८ झाडबोमा सडक पुग्यो, स्थानीय खुसी !!

बैतडीको सुर्नया गाउँपालिका ८ झाडबो सडक पुगेपछि स्थानीयबासीहरु खुसी भएका छन् । वडा नं ८ को कार्यालयदेखि कैलापाल मावि झाडबोमा सडक पुगेपछि स्थानीयहरु खुसी भएको सेला –झाडबो सडक निर्माण समितिका अध्यक्ष जनक साउँदले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको ३५ लाखको सहयोगमा सडक निर्माण भएको साउँदले जानकारी दिनुभयो ।

गाउँमा सडक पुगेपछि स्थानीयहरु निकै खुसी भएका स्थानीय दलबहादुर मडैले बताउनुभयो । ७ किलोमिटर सडक निर्माण भएपछि अब आफूहरुलाई सजिलो भएको उहाँले बताउनुभयो । गाउँमा सडकपुगेपछि स्थानीयहरुले सडक निर्माणका लागि प्रयोग भएको स्काभेटरका चालकलाई समेत सम्मान गरेका छन् ।

Sana Kishan

गाउँमै सडक पुगेपछि अब खाद्यान्न पिठ्युमा बोकेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयहरुले बताएका छन् । गाउँमा सडक पुगेपछि गाउँको उत्पादनलाई बजार सम्म पुर्याउन समेत सजिलो भएको सेला –झाडबो सडक निर्माण समितिका सचिव रामसिंह साउँदले जानकारी दिनुभयो । (भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.