सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा एक करोड बढीका हिउँदे फलफूलका बिरुवा विक्रि

बैतडी, १७ चैत–    बैतडीबाट यो बर्ष झण्डै एक करोड बराबरका हिउँदे फलफूलका बिरुवा विक्रि भएका छन् । सुख्खा फलपूmल विकास केन्द्र सतबाँझको नर्सरी र निजी नर्सरीहरुबाट हिउँदे फलफूलका बिरुवा विक्रि भएका हुन् । हिउँदे फलफूलका बिरुवा विक्रि गरेर सुख्खा फलफूल विकास केन्द्रले २८ लाख ६२ हजार राजस्व संकलन गरेको छ ।

यस्तै फलफूलका बिरुवा विक्रि गरेर लाखौं आम्दानी भएको किसानहरुले बताएका छन् । निजी नर्सरीबाटै फलफूलका बिरुवा विक्रि गरेर बार्षिक ५ लाख बढी आम्दानी हुने गरेको मायाप्रकाश निजी नर्सरीका सञ्चालक देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो दशरथचन्द नगरपालिका वडा नं १ का १८ बढी फलफूलका निजी नर्सरी छन् । हामीहरुले नर्सरीबाटै आम्दानी गरिरहेका छौं ।’

फलफूलका बिरुवाबाट बर्षेनी राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो । तर यो बर्ष भने अरु बर्षको तुलनामा कम आम्दानी भएको किसानहरुले बताएका छन् । यो बर्ष ओखर, नासपाती र अनारका बिरुवा कम विक्रि भएका किसान नवराज भट्टले बताउनुभयो । कतिपय स्थानीय तहहरुले कृषिमा छुट्याएको बजेट कोरोना नियन्त्रणमा खर्च गरेकाले पनि फलफूलका बिरुवा कम विक्रि भएका उहाँले जानकारी दिनुभयो ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

ओखरका बिजु बिरुवा भन्दा कलमी बिरुवामा किसानको आकर्षण भएकाले पनि ओखर बिरुवा विक्रि हुन नसकेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले जानकारी दिनुभयो ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ र सुर्नया गाउँपालिका २ मा गरी २३ भन्दा बढी निजी नर्सरी रहेका छन् । निजी नर्सरीबाट उत्पादित फलफूलका बिरुवा किसानका लागि गतिलो आम्दानीको श्रोत समेत बनेको छ ।

यहाँका निजी नर्सरीमा उत्पादन भएका फलफूलका बिरुवा देशका विभिन्न ठाउँमा विक्रि वितरण हुने गरेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो ।

 

 

(रेडियो निङ्गलाशैनीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.