सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वायु प्रदूषण अत्याधिक बढेपछि मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्था बिदा !!

काठमाडौँ — शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ ।

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्‍जय शर्माले जानकारी दिए । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ । पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने बैठकले निर्णय गरेको छ ।

चैत २१ गते भने शनिबार परेकाले अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् । प्रदूषण नघटे अरु केही दिन विद्यालय बन्द गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शुक्रबारदेखि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक ४७० सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनले एक्यूआई ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ ।

 

(ekantipur.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.