सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

पाँचखालमा ‘जियोफिजिकल सर्भे’सकियो,पुरातात्विक सम्पदाको प्रचुर सम्भावना !!

काभ्रेपलाञ्चोक, चैत १६ गते

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १६, २०७७
1 min read

पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ ९भू–भौतिकी सर्वेक्षण० को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ ।

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
3

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्भे गरिएको विभागका पुरातत्व अधिकृत विष्णु पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–६ को भमरकोटसहित वडा नं ७ को विभिन्न स्थानमा तीन दिन सर्भे गरेको हो । “सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, डाटा एनालाइसिसपछि सर्भेको विस्तृत प्रतिवेदन विज्ञ टोलीले केही समयपछि दिनेछ”, पाठकले भन्नुभयो ।

दुई बेलायती विज्ञ र पुरातत्व विभागका दुई प्रतिनिधिद्वारा बिहीबार शुरु गरिएको पाँचखालको सर्भे शनिबार सकिएको हो । पाँचखालमा बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन–जुन सम्भावित सङ्केत भनिएको क्षेत्रमा सर्भे गरियो, अधिकांशतः सोही स्थानमा सम्भावना देखिएको छ ।” उहाँका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ ।

पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन नेपालका अन्य क्षेत्रसहित पाँचखालमा जियोफिजिकल सर्भे गरिएको विभागका निर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)लाई गत असारमा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो ।

गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो । टोलीले मुलुकका छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको छ भने तिलौराकोटमा उत्खनन भइरहेको विभागले जनाएको छ । कपिलवस्तुको तिलौराकोटबाहेक लम्किया र चेत्रादेही क्षेत्रमा सर्भे गरिएको थियो ।

काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाएको छ । सर्भे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको छ । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइप लाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ । कार्यालयले विसं २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो । (उपहार खबर बाट सभार)

सिफारिस

बैतडी

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
3
बैतडी

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
5
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5
अर्को
Hindu God Laxmi Ganesh at Diwali Festival

धन लाभ हुनु अगाडि मिल्छ यस्तो सङ्केत, ॐलेखी भेटी स्वरूप एक शेयर गर्नु होला

बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्थानीय तहलाई परिपत्र !!

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
1

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
3

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
5
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
2

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In