सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश १ को संसद बैठक चैत २३ गते !!

नेकपा एमालेको माधव नेपाल समूह मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन सहमत भएपछि प्रदेश १ प्रदेशसभाको बैठक चैत २३ गते बोलाइएको छ ।

गत चैत १ गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित भएको बैठक चैत २३ गतेका लागि आह्वान भएको हो । एमाले सांसद राजेन्द्र राईले चैत २३ को बैठकअघि नै अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिने बताए । ‘हामीले हस्ताक्षर फिर्ता लिने भनेका छौं तर लिइसकेका छैनौं,’ उनले भने, ‘बैठक अघि सामूहिक रुपमा हस्ताक्षर फिर्ता हुन्छ ।’

बुधबार मुख्यमन्त्री शेरधन राईले आफ्नो पार्टीका सांसदलाई सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए ।

World Link Ads
Mahakali Polytechnic

प्रदेश १ को हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भएको थियो । तर सत्तापक्षको अवरोधका कारण बैठक बस्न सकेको छैन ।
सत्ता पक्षको बहिस्कारकाबीच गत पुस १२ गते तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव फागुन ९ गते संसदमा टेबल भएको थियो ।

Dirghayu Ads
Sana Kishan

सो प्रस्ताव माथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो । तर सभामुख सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । सर्वाेच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि चैत १ गते बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

यसबीचमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमाथिको हस्तक्षर फिर्ता लिन एमाले सांसदहरुलाई निर्देशन दिएका थिए ।

एमालेको नेपाल पक्षले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री राईविरुद्ध तत्कालिन प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल हुनेछ । प्रदेशसभाका ९३ सासदमध्ये नेकपा एमालेसँग ५१ जना सदस्य छन् ।

माओवादी केन्द्र, कांग्रेस र अन्य तीन साना दलसँग जम्मा ४२ मत छ । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.