सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

मेलम्चीको पानी काठमाडौंमा वितरण !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १५, २०७७
1 min read

काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार दिउँसोबाट राजधानीबासीको धारामा खसेको छ। महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी वितरण गरिएको हो। आइतबार दिउँसो २ बजे भण्डारण गरिएको पानी वितरण प्रणालीमा पठाइएको हो।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
1

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

दिउँसो महांकालमा वितरण गरिएको मेलम्चीको पानी साँझसम्म मिनभवन, बालाजु, महाराजगञ्जबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेल)का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। ‘अहिले ट्यांकी भर्ने काम भइरहेको छ’, उनले भने,‘साँझसम्म ती क्षेत्रमा पनि मेलम्चीको पानी जाने छ।’

उनका अनुसारका अनामनगरका ५ सय घरमा नयाँ पाइपबाट पानी दिइएको छ। यो पाइलट प्रोजेक्ट भएकाले नयाँ पाइपलाइनबाट पानीको परीक्षण गरिएको उनको भनाइ छ। अन्य स्थानमा पूरानै पाइप प्रणालीबाट पानी वितरण गरिएको छ। अहिले मीनभवनको पानीट्याक्की भरिँदैछ।

महांकाल चौरमा रहेको ट्यांकीको भल्भ खोलेर आइतबार मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। केयुकेलले केही दिनसम्म चार करोड लिटर पानी वितरण गर्ने छ। क्रमश बढाउँदै लैजाने केयुकेलको तयारी छ।

पुराना पानी पोखरीमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइन र धारामा पानी दिइने छ। आयोजना कार्यान्वयन निर्देशनालयबाट विच्छ्याइएका नयाँ पाइपलाइनबाट परीक्षण गर्दै लैजाने योजना केयुकेलको छ।

मेलम्ची खानेपानी आयोजनाले आइतबारदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाएको हो। प्रवक्ता राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप भएको छ। आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गर्ने केयुकेलको तयारी छ।

केयुकेल अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी औपचारिक उद्घाटन गर्नका चैत्र २० गते समय तय गरेको छ। उक्त दिन राष्ट्रपतिले धाराको टुटी खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने तयारी भइरहेको छ।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने प्रक्रिया आइतबारबाट सुरु भएको हो। मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिएको हो।

सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्नेछ। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ। आइतबार पहिलो चरणमा महांकालसहितका ट्यांकीको पानी वितरण गरिएको हो।

सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो। पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ। (annapurnapost बाट सभार)

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
1
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को

प्रदेश १ को संसद बैठक चैत २३ गते !!

मुलुकभर होलीको रौनक कम : उपत्यकामा कडा सुरक्षा

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
0

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
1

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In