कञ्चनपुर – जिल्लामा लोकतान्त्रकका लागि भएका आन्दोलनका योद्धाहरुको अभिलेखीकरण गर्ने कार्य सुरु गरिएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लोकतान्त्रकका लागि भएका सबै आन्दोलन, सशस्त्र संघर्ष , लोकतान्त्रिक योद्धा, द्वन्द्वपीडित, विस्थापित, अपाङ्गता भएका, घाइतेको अभिलेखीकरण गर्न सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार स्थानीय शान्ति समितिले तयार गरेको विवरण, २०६२÷६३ को ऐतिहासिक लोकतान्त्रिक आन्दोलनका सहिद तथा घाइतेबारे अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन र २०४६ को आन्दोलनपछि गठित राजनीतिकपीडित समितिले तयार गरेको प्रतिवेदनमा नाम छुट भएका व्यक्तिहरुको अभिलेखीकरण गर्ने काम भैरहेको बताए ।
उनले सूचना प्रकाशन भएको सात दिनभित्र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको दुई फोटोसहित निवेदन दिन आग्रह गरेका छन् । (गोदावरी न्युज बाट सभार)