बैतडीमा गोली लागेर घाइते भएका लक्ष्मण चन्दलाई कोहलपुरमा उपचार सम्भव नभएपछि काठमाण्डौं रेफर गरिएको छ । जिल्लाको मेलौली नगरपालिका ३ ढडौनका लक्ष्मण चन्द शुक्रबार राती गोली लागेर घाइते भएका हुन् ।
चन्दले आँफैले आँफैलाई गोली प्रहार गरेको बुझिएको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो । घाँटीमा गोली लागेका चन्दलाई शनिबार जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई कोहलपुर पुर्याएको त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाण्डौं रेफर गरिएको प्रहरी निरीक्षक धामीले जानकारी दिनुभयो । चन्दले आँफैलाई किन गोली हाने, कहाबाँट बन्दुक ल्याए भन्ने बिषयमा अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । (ninglashainionline बाट सभार)