सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

होली के हो र यो किन मनाइन्छ ? देवराज उपाध्याय पुरूष !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १४, २०७७
1 min read
gnewsnepal.com बाट साभार

gnewsnepal.com बाट साभार

अहकूटा भयत्रस्तैः कृता त्वं होलि बालिशैः ।

म निस्केको बेला :

बैशाख ७, २०७८
14

तिमीले चाहेको कुरा पुग्ने जस्तो देख्दिन मैले : धर्मानन्द भट्ट

बैशाख ७, २०७८
12

अतस्वां पूजयिष्यामि भूति-भूति प्रदायिनीम्‌ ॥

(देवराज उपाध्याय पुरूष)

होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने गरिन्छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली खेल्न मन नहुनेहरुलाई रंग नदल्नु पानी नछ्याप्नु । तर यो लागुभएको पाइदैन् । जबर्जस्ती गर्नेलाई कारवाही गरिने भने पनि व्यवहारिक रुपमा भने लागु भएको पाइदैन । प्रशासनले यसपटक भने इच्छाविपरित रंग दल्ने र लोला हान्नेलाई दुई वर्ष थुनामा राख्ने कानुन ल्याएको छ । तर त्यो कत्तिको लागु हुने हो हेर्न बाकी नै छ ।

रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने गरिएको पाइएको छ । यसले उत्सव नभएर होलीप्रति नकारात्मक सोच जगाउँछ । होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतीमा नै रंग दल्नु वेश हुन्छ । कतिपय शोकको घडीमा रहेकाले रंग लगाउन हुँदैन । त्यसप्रति पनि सजक हुनुपर्ने देखिन्छ । यद्यपि, तर्क आफ्नै आफ्नै हुन्छ । होलीमा जर्वरजस्ती गर्नेहरु भन्ने गर्छन् – वर्ष दिनमा आउने होलीमा रंग नदलेर कहिले दल्ने ? तर्क ठिकै भएपनि इच्छा विपरित कसैको शरीरमा रंग र लोला हान्न कसैलाई छुट छैन ।

भाङ र गाजाँको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छदैछ अकल्पनिय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजक हुन आवश्यक छ । होलीमा त हो चाखी हेरौ भन्नेहरु यसको लतमा दुर्ब्यसनीमा फस्न सक्छन् । केही क्षण यसको रमझममा भुलेपनि बानी परेको खण्डमा यसको दीर्घकालिन असर नराम्रो हुन्छ । आर्थिक क्षति छदै छ स्वास्थ्यमा समेत नकरात्मक असर पुर्याउदछ । त्यसैले स्वच्छ भएर होलीमा समाहित हुनु नै राम्रो हुनेछ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर ।

यसले गर्दा एउटै देशमा रहेका नेपालीहरुमा टाढा रहेको अनुभूति दिलाउछ । नेपाली हुनुको, दाजुभाई दिदी बहिनी हुनुको सद्भावलाई यसले मनमा खिन्नता ल्याउँदछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरु एकैदिन बनाउन आवश्यक देखिन्छ । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।

यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

कुनैपनि चाडपर्वले निश्चित मौसम, हावापानी, भूगोललाई इंगित गर्छ । रंगहरुको यो पर्व त्यहीबेला आउँछ, जतिबेला प्रकृतिमा हरियाली छाउन थाल्छ । यसअघि जाडो याम हुन्छ । प्रकृति पनि रुखो एवं सुख्खा हुन्छ । रुख-बुट्यानको पात झरेर उजाड हुन्छ । वायुमण्डलमा चिसो र सुख्खा हावा चलिरहेको हुन्छ । यो मौसमी अवस्थासँग हाम्रो शरीर र मनको खास कनेक्सन हुन्छ । त्यही कारण त जाडो याममा धेरैजसो चिन्ता एवं डिप्रेसनको रोगी बढ्ने चिकित्सकहरुको भनाई छ । प्रकृतिको यो स्वरुप फेरिदै गर्दा होली पर्व आउँछ । अर्थात जाडो सकिएर गर्मी बढ्न थालेपछि । आकास खुल्छ । यतिबेला विस्तारै प्रकृतिमा हरियाली छाउन थाल्छ । वायुमण्डलमा सितल हावा वहन थाल्छ । रुख-बुट्यानले पालुवा फेर्न थाल्छ । रंग बिरंगी फूलहरु हावामा तैरिन थाल्छन् । यस्तो मोहक मौसममा मन पनि यसै फुरुंग हुन्छ । अतः प्रकृतिको यो सप्तरंगी पृष्टभूमीमा हामी किन रंगीन नहुने ? हामी किन उमंगित नहुने ? भनिन्छ नि, हामीले सधै प्रकृतिसँग लय मिलाउनुपर्छ । प्रकृतिसँगै नाच्नुपर्छ र प्रकृतिकै धुन अलाप्नुपर्छ । जब हामी प्रकृतिसँग एकाकार हुन्छौं, जीवनको धुन फेला पार्छौं ।

जीवनको माधुर्य प्रतिध्वनीत भएको अनुभूत गर्छौं । होलीमा रंगहरुको पर्व मनाउनुको ध्येय हो, जीवनलाई सप्तरंगी बनाउनुपर्छ । सत्यको जीतमा उल्लास होली एक पौराणिक पात्रको विजयी उत्सव हो, हामीले कण्ठ गरेको कुरा । हिरण्यकश्यपुले आफ्ना छोरो प्रल्हादलाई मार्नका लागि अग्निकुण्डमा हालेर जलाउन चाहन्छन् । यसका लागि उनले आफ्नी बहिनी होलिकाको काखमा प्रल्हादलाई राखिन्छ र अग्निकुण्डमा राखिन्छ । होलिका आगोले जलेर भष्म हुन्छन्, प्रल्हादलाई केही हुँदैन । खासमा प्रल्हादले विष्णु भगवानको आरधाना गरेको उनको पिता हिरण्यकश्यपुलाई मन पर्दैन । त्यही कारण उनले छोरोलाई जलाएर नष्ट गर्ने योजना बनाएका हुन्छन् । तर, उनी अधर्म र असत्य पराजित हुन्छ । यसरी असत्यमाथि सत्यको जीत भएको खुसीमा पनि यो पर्व मनाउने गरिन्छ ।

सिफारिस

विचार

म निस्केको बेला :

बैशाख ७, २०७८
14
विचार

तिमीले चाहेको कुरा पुग्ने जस्तो देख्दिन मैले : धर्मानन्द भट्ट

बैशाख ७, २०७८
12
मुख्य समाचार

खुशी खोज्दा खोज्दै हामी किन निराश र एक्लो हुनपुग्छौं ?

बैशाख ६, २०७८
10
मुख्य समाचार

” नमस्कार को महत्त्व “

बैशाख ५, २०७८
35
विचार

सफरमा यसरी तिमी अलपत्र पारेर गयौ: धर्मानन्द भट्ट

बैशाख ३, २०७८
11
विचार

यहीँ बस्छु मलाई चाहिने सामान यहाँ पाइन्छ

चैत्र २९, २०७७
15
अर्को

मेलम्ची पर्खाइ पूरा !!

यो साता धनवान बन्दै यो ५ राशि, कुन राशिलाइ कस्तो ?

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In