सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा भाइरल ज्वरोको संक्रमण बढे सँगै अस्पतालमा बिरामीको चाप बढ्दै !!

सुरुवातमा विद्यार्थीहरूमा देखिएको भाइरल ज्वरो अहिले समुदायस्तरमा पनि देखिन थालेको छ । एक महिना अघि बझाङको साइपाल गाउँपालिका ४ मा रहेको धुली माध्यमिक विद्यालय धुली र धलौन माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको थियो । अहिले वित्थडचिर गाउँपालिका वडा नं ५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्याथीहरुमा भाइरल ज्वरो देखा परेको छ ।

विद्यालयमा भाइरल ज्वरो फैलिए पछि पाँच दिनका लागी विद्यालय बन्द गरिएको छ । विद्यालयमा मङ्गलबार देखि एक दुई जनामा देखिएको ज्वरो बिहीबार सम्म सबै विद्यार्थीमा देखा परेको विद्यालयका शिक्षक रघुवीर महरले बताए । उनले भने, विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयमा ३५ जनालाई एकै दिन यो लक्षण देखिए पछि विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको महरले बताए । एक हप्ता अघि गाउँपालिकाकै सुनकुडा माद्यामिक विद्यालयमा पनि विद्यालयमा बिद्यार्थिहरुमा पनि भाइरल ज्वरोको लक्षण देखा परेको थियो ।

Sana Kishan

बिद्यार्थिहरुमा पनि भाइरल ज्वरोको संक्रमण तीव्र रुपमा फैलिएपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि अवस्थीले बताए । मौसममा आएको परिवर्तन सँगै विद्यार्थीमात्र नभएर गाउँपालिकाको समुदायस्तरमा पनि ज्वरोका बिरामी बढेका छन् । उनले भने , विद्यालयमा मात्र नभई ज्वरो समुदायस्तरमा पनि फैलिँदै गएको छ । विदेशबाट घरफकर्नेक्रम बढेकाले कोभिडको संक्रमण होकि भन्ने शंकाले हामीले कोभिड परिक्षण पनि गरेका थियौ ।

World Link Ads
Mahakali Polytechnic

परिक्षण गरेका सबैमा कोभिड नेगेटिभ आएको छ । एउटै टोलमा दश जना भन्दा बढीमा समस्या देखिएकाले समुदायस्तरमा त्रास फैलिएको उनको भनाई छ । अहिले जिल्ला अस्पतालमा बढी जसो भाइरल ज्वरो सँगै, मौसमी रुघाखोकी र झाडापखालाका बिरामीहरू आउने गरेको जिल्ला अस्पताल बझाङका डा। मिलन खडकाले बताए। (गोदावरी न्युज बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.