अत्तरिया – आइतबारदेखि सुदूरपश्चिम प्रदेशमा करिब एक साता अनियमित रुपमा विद्युत कटौती हुनसक्ने बिद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखाले एक सुचना जारी गर्दै टनकपुर–नेपाल १३२ केभी प्रशारण लाइन तथा पावर हाउसमा विभिन्न खालका उपकरणहरु मर्मत गर्नुपर्ने भएकाले चैत २० गतेसम्म नेपालस्थित ग्रेडबाट मात्र सप्लाइन हुने जनाएको छ ।
अत्तरिया ग्रीड शाखाले यस क्रममा मागअनुसार विद्युत आपुर्ति हुन नसक्ने सम्भावना भएकाले यो अवधीमा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ । (गोदावरी न्युज बाट सभार)