सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेमै बसेर संघर्ष गर्ने नेपाल समूहको निर्णय !!

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता पन्तले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितीमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेका छौं ।’

ओलीले विभाजन चाहेको आरोप

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग समेत गरेको छ । तर पार्टी अध्यक्ष ओली पार्टीको विधान अनुसार अगाडि बढ्छन् भन्ने नलागेको नेताहरुले बताएका छन् ।

Dirghayu Ads

पार्टी अध्यक्ष ओली, एमालेललाई विभाजन गरिछाड्ने दिशामा अगाडि बढेको भन्दै नेपाल समूहका एक केन्द्रीय सदस्यले नेताले भने, ‘उहाँ रोकिने बाला हुनुहुन्न । थप नेताहरुलाई स्पस्टीकरण सोध्नुका साथै कारबाही गर्न सक्नुहुन्छ ।’

अध्यक्ष ओली पेलेर अगाडि बढ्न खोजे चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाको निर्णयअनुसार शक्ति निर्माण गरेर अगाडि बढ्ने नेपाल समूहको निर्णय छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.