सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रेशम चौधरीलाई एमाले सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर भेटे !!

काठमाण्डौ – जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई एमाले सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर भेटेका छन्।एसएसपी लक्ष्मण न्यौपानेसहितको टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका हुन्।

समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन्। संविधान संशोधनसहित टीकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्नेलगायत माग जसपाको छ।चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन्।

Sana Kishan

सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेल पुगेको बताए।चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैद हुने फैसला गरेको थियो।सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.