सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवनाथ गाउपालिकामा स्थानिय पाठ्यक्रम तयार, तुरुन्तै लागु हुने !!

बैतडीको शिवनाथ गाउपालिकाले स्थानिय पाठ्यक्रम तयार पारेको छ । पालिकास्तरमा रहेका भेषभुसा, रिती सस्कृत सँग जोडिएा बिषयबस्तु समाबेस गरी स्थानिय पाठ्यक्रम तयार पारेको हो । पालिकाक्षेत्रमा बोलिने भाषा सस्कृती, चालचलन, धार्मीक क्षेत्र, पर्यटकिय क्षेत्रको बारेमा समेटिने गरी पाठ्यक्रम तयार पारिएको गाउपालिका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिनुभयो । स्थानिय स्तरमा लोप हुन लागेका कुराहरुलाई पुनरताजकी दिनको लागि बिषेस बिषयबस्तु समाबेस गरिएको उहाले बताउनुभयो । पालिका क्षेत्रभित्र र जिल्ला भित्रका सबै पक्षलाई समेटेका छ ।

Sana Kishan

अबको एक महिना भित्रै लागु गर्ने पनि पालिकाले जनाएको छ । पालिकाले यस अघि पाठ्क्रम निर्माणकै लागि प्र.अ. बैठकबाट बिज्ञ समुह गठन गरी तालिममा खटाएको थियो । स्थानिय पाठ्यक्रम लागु गर्ने शिवनाथ गाउपालिका जिल्लाको पहिलो स्थानिय तह हो । प्राथमिक तहमा सय पुर्णङ्कको स्थानिय पाठ्क्रम निर्माण गरि लागु गर्न भनेको भएपनि जिल्लाका अन्य स्थानिय तहहरुले निर्माणमा ढिलाई गरेका छन । (कृष्ण बिष्टले radio7star  मा लेखेका छन्)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.