सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिरो फिगर बनाउने बनाउने १० टिप्स !

फेसन र जीवनशैलीमा लगातार परिवर्तन आइरहेको र स्लिम बन्न चाहनेको संख्या अहिले धरै बढिरहेको छ । त्यसैले, हिजोआज अधिकांश युवतीमा जिरो फिगर बनाउने चाहना भौतारी रहेका हुन्छन । जिरो फिगर भएमा काम गर्न छिटोरछरितो हुने र लुगा लगाउँदा समेत राम्रो देखिने विश्वास छ । किशोरी वा युवती मात्र नभएर अधबैँसे महिलासमेत शरीर स्लिम पार्ने प्रयास गरिरहेका हुन्छन् । अब जानौँ स्लिम बन्ने टिप्स ।

१. स्लिम बन्ने निहुँमा अधिकांशले डाइटिङको बाटो अपनाउने गरेको पाइन्छ । यद्यपि, शारीरिक वृद्धि र विकास हुने उमेरमा डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति पनि नहुन सक्छ । यसले स्वास्थ्य समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । त्यसैले, स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रण गरी स्लिम बन्न सकिन्छ ।

२. शरीरलाई आवश्यक तत्व पुग्ने हिसाबले बिहानको खाना खानुपर्छ । जसमा सागसब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार हुन आवश्यक छ। ३. एकैपटक धेरै खाना खानुहँदैन । थोरै–थोरै खाइरहनुपर्छ । एक दिनमा कम्तीमा पनि चारचोटि खानुपर्छ ।४.खाजामा गेडागुडी, फलफूल, तरकारी र फाइबर भएका खानेकुरा र जुस समावेश गर्नुपर्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

५. बेलुकाको खाना सकेसम्म कम र चाँडो खानुपर्छ । खाना खानेबित्तिकै सुत्नुहुँदैन ।६. बिहान उज्यालो हुनुभन्दा एक घन्टाअघि नै उठ्दा स्वस्थ्यमा धेरै फाइदा मिल्छ ।७. उस्तै पोजिसन र एकै ठाउँमा लामो समयसम्म बस्नुहुँदैन । ससाना काम गरिहनुपर्छ । जसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ ।८. बिहानको समयमा हलुका व्यायाम गर्न सकिन्छ ।

९. तौल घटाउने बहानामा जुन पायो त्यही व्यायाम गर्नुहुँदैन । यसरी जथाभावी व्यायाम गरेमा त्यसले शरीरलाई बेफाइदा गरिरहेको हुन्छ । तौल घटाउने व्यायाम गर्दा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ . १०. फास्टफुड, अत्यधिक चिल्लो, गुलियो, फ्याटी खानेकुरा सकभर खानुहुँदैन । खानैपरे कम मात्र लिनुपर्छ ।

 

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.