सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

अपहरण भएको ३० दिनपछि झां दम्पतीको शव भेटियो !!

जग्गा विक्री गर्न नमानेकै कारण हत्याः प्रहरी

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १३, २०७७
1 min read

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए ।

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

भोलिपल्ट बिहान उषा उठ्दा उनको कोठा बाहिरबाट बन्द गरिएको थियो । नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिइन् । सासुससुरा घरमा थिएनन्, कोठा पनि खुला थिए । अंशुले सोचिन्, ‘अरुवेला बिहानै उठेर तोरी उखेल्न जानुहुन्थ्यो, त्यतै जानुभयो होला ।’

उषासँग गफिँदै अंशु ससुराको मुसाफिरको कोठा पुग्दा ओछ्यान देखिनन् । ‘रगत पानीले पखालेको जस्तो लागेपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरीले एउटै घरमा सुत्ने हुनाले कान्छी बुहारीमाथि अनुसन्धान ग¥यो, तर केही शंकास्पद विषय भेटिएन । झा दम्पतीको पनि अत्तोपत्तो थिएन ।

एक महिनापछि बिहीबार झा दम्पतीको शव पिपरा–२ मा गाडिएको अवस्थामा भेटिएको छ । शवलाई गलाउन नुनको पनि प्रयोग गरिएको छ ।

प्रहरीले जग्गा विक्री गर्न नमानेकै कारण झा दम्पतीको हत्या भएको निष्कर्ष निकालेको छ ।

जब रामबाबुको घरमा रगतको टाटा देखियो

मुसाफिर मालपोतका अवकाश प्राप्त सुब्बा थिए । त्यसैले रिसिइबी हुनसक्ने आशंकामा प्रहरीले अनुस्न्धान गरिरहेको थियो । त्यसक्रममा मुसाफिरलाई छिमेकमा बस्ने हरेन्द्र ठाकुरले जग्गा विक्री गर्न दबाब दिने गरेको सूचना पायो ।

जग्गा जमिनको कारोबार गर्ने ठाकुरका साझेदार रामबाबु यादवको घर नजिकै थियो, उनलाई केही जानकारी हुनसक्ने आधारमा प्रहरी गयो । उनको घरबाहिर रगतको टाटा जस्तो देखिएपछि प्रहरीले थप सर्च अपरेशन चलायो र यादवसहित उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादवलाई नियन्त्रणमा लियो ।

बयानका क्रममा उनीहरुले त्यो रंग भएको बताए । तर विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणले त्यो मानव रगत भएको पुष्टि गरपेछि अनुसन्धान रामबाबुमाथि केन्द्रीत भएको अनुसन्धानमा खटिएका एक अधिकृत बताउँछन् ।

उनीमाथि अनुसन्धान केन्द्रीत भएपछि प्रहरीले जग्गाका मुख्य मालिक भारतीय नागरिक रहेका जग्गा व्यवसायी हरेन्द्र ठाकुरको कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशनको विश्लेषण ग¥यो । त्यसक्रममा ठाकुर १० फागनुमा काठमाडौंबाट जनकपुरधाम आएर भोलिपल्ट फर्किएको देखियो । प्रहरीले ठाकुरलाई पनि काठमाडौंबाट पक्राउ गरेर महोत्तरी पु¥यायो, तर, बयानमा उनले काठमाडौंबाट जनकपुर पुगेको स्वीकार गरेनन् ।

‘पोलिग्राफ शाखामा लगेर बयानको सत्यता परीक्षण गर्दा उनले ९९ प्रतिशत झुठो बोलेको देखियो’, प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंह भन्छन्, ‘यसले उनीहरुको संलग्नता हुनसक्ने आशंकालाई थप बल पु¥याएको थियो ।’

अनुसन्धान जारी रहेका वेला हरेन्द्रले भने आफूलाई फसाउन खोजिएको दाबी विभिन्न व्यक्तिमार्फत सार्वजनिक गराएको प्रहरी अधिकृतहरु बताउँछन् । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बोलाएर अनुसन्धान थालिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

ब्युरोले एक जना इन्स्पेक्टरको टोली अनुसन्धानमा खटाएको थियो । सीआईबीले पनि जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलीको अनुसन्धानलाई सदर ग¥यो तर, झा दम्पतीको अवस्था अज्ञात रहृयो ।

अनि, भेटियो शव

पक्राउ परेकाहरुले अभियोग स्वीकार गरेका थिएनन्, तर उनीहरुको संलग्नता देखिएपछि महोत्तरी प्रहरीले पत्रकार सम्मेलन गरी चारै जनालाई सार्वजनिक गरे । ‘रामबाबुको घरमा रगतको टाटा भेटिनु, रिसिइबी पनि हुनु र प्राविधिक विश्लेषणले पनि घटनामा चार जनाको संलग्ता देखिएको छ’, एसपी एसपी दिनेश आचार्यले भनेका थिए ।

झा दम्पतीको हत्या गरेर शव गाडेको वा पोखरीमा गह्रौ वस्तुले थिचेर राखेको हुनसक्ने प्रहरीको आशंका थियो । ‘हामीले महोत्तरी र धनुषाका ४२ वटा पोखरीमा खर्च गरिएको थियो भने केही पोखरीको पानी निकालिएको थियो’, सिंहले सुनाए, ‘खोजीमा ¥याफ्टिङ बोट पनि प्रयोग ग¥यो ।’

शंकास्पद ठाउँमा खोजीकै क्रममा प्रहरीको टोली बिहीबार झा दम्पतीको घरबाट दुई किलोमिटर पश्चिम–दक्षिणको पिपरा–२ मा पुगेको थियो ।

बगरमा खोस्रिएको देखिएपछि खनेर हेर्दा दम्पतीको शव भेटिएको डीआईजी सिंहले बताए । ‘शवको अवस्था हेर्दा अपहरणपछि तत्कालै हत्या गरेर गाडिएको जस्तो देखिएको छ’, उनले भने, ‘झा दम्पतीको शव छोरा मनिषकुमारले कपडा र पोतेका आधारमा सनाखत गरेका छन् ।’

जग्गा विक्री गर्न नमान्दा हत्या

प्रहरीका अनुसार हरेन्द्र ठाकुरले प्लटिङ गर्ने तयारीसहित झा दम्पतीको १४ कठ्ठा जग्गा खरिद गर्ने प्रयास गरेका थिए । ठाकुरले आँखा लगाएको जग्गा विक्री गर्ने विषयमा झा पत्नी गीतादेवीको असहमति थियो ।

पतिलाई पनि जग्गा बेच्न त्यति इच्छा थिएन । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार ठाकुरको नाममा अगाडि र अन्तिममा पनि जग्गा थियो । बीचको जग्गा विक्री गरिदिन उनीहरुले डेढ वर्षदेखि आग्रह गरेका थिए । केही सीप नलागेपछि उनीहरुले धम्की दिएको छिमेकीहरुले बताएका छन् ।

वडा नं. ५ का वडाध्यक्ष शम्भुप्रसाद यादव पनि झा दम्पती हराएपछि छिमेकीहरुले जग्गा विवादबारे बताएको सुनाउँछन् । झा दम्पतीले जग्गा विक्री नगरेकै कारण अपहरणपछि हत्या गरिएको देखिएको प्रदेश प्रहरी प्रमुख सिंह बताउँछन् ।

छिमेकमा विवाह उत्सव, झाको घरमा अपहरण

झा दम्पती वेपत्ता भएको दिन उनको छिमेकमा विवाह उत्सव चलिरहेको थियो । विहेमा चर्को ध्वनीमा गीत बजिरहेका वेला बुबाआमालाई के भयो केही थाहा नपाएको बुहारी उषा झाको भनाइ छ । ‘बिहान ३ः१५ बजेतिर उठ्दा गेट बाहिरबाट लागेको पाएँ, सासुले सुन्नुहोस् भनेर कराएँ पनि’, उनले अनलाइनखबरसँग सम्झिइन्, ‘केही नबोल्नु भएपछि कान कमजोर भएकाले सुन्नु भएन होला भन्ने ठानेर आफ्नैै कोठातिर गएर सुतेँ ।’

भोलिपल्ट हेर्दा अपहरणकारीले घरको मिटरबक्सको स्वीच नै बन्द गरिदिएको पाइएको उनले सुनाइन् ।

सासू ससूराको शव फेला परेपछि अहिले परिवारमा सन्नाटा छाएको छ । जेठी बुहारी अंशु भन्छिन्, ‘सासु–ससुराको यस्तो हालत गर्ने व्यक्तिलाई पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

 

(onlinekhabar.com बाट साभार)

सिफारिस

बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2
मुख्य समाचार

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5
मुख्य समाचार

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2
मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
5
अर्को

गाईको घिउ हाम्रो शरीरको लागि औषधि : यस्ता छन् फाइदाहरू !!

gnewsnepal.com बाट साभार

खानेकुरा कसरी पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
1

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In