सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथीको भजनाइल स्वाबसंग अभियुक्त दिनेशको डिएनए मेल खायो !!

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको भजनाइल स्वाबसंग अभियुक्त दिनेश भट्टको डिएनए मेल खाएको छ । नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा दिनेशको डिएनए भागरथीको भजनाइल स्वाबसंग मेल खाएको हो । बिहीबार उक्त रिपोर्ट प्राप्त भएको प्रहरी श्रोतले जनाएको छ ।

भागरथीको हत्या गरेको अभियोगमा दिनेशलाई अहिले पुर्पक्षका लागि बालसुधार गृहमा राखिएको छ । बलात्कारपछि हत्या गरिएको यो केशमा यो भन्दा ठूलो प्रमाण अरु केही हुन नसक्ने अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन् ।

दिनेशले नै भागरथी हत्या गरेको भन्ने कुरा यसले थप प्रमाणित गरेको उहाँको दाबी छ । नाम नभन्ने शर्तमा उहाँलृ भन्नुभयो ‘यो केशमा यो भन्दा बलियो प्रमाण अरु हुन सक्दैन् । अहिले यो बिषयमा अदालतमा गईसकेको छ । तर प्रहरीले अनुसन्धान गरेको यो घटना थप बलियो प्रमाण फेला परेको छ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गएको माघ २२ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भागरथीको शव स्थानीय लवलेक जंगलमा फेला परेको थियो । त्यसपछि गएको फागुन ४ गते प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

दिपायलको बालसुधार गृहमा राखिएका दिनेशले पछिल्लो समयमा बयान फेरेको अवस्थामा आएको डिएनए रिपोट बाहिर आएको छ । दिनेशले आफूले हत्या नगरेको तर हत्या अर्कै व्यक्ति संलग्न रहेको भनिरहेका बेला डिएनए रिपोट बाहिर आएपछि यो घटनामा उनको संलग्नतमा रहेको थप पुष्टि गरेको छ । (ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.