सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

महाकाली कोरिडोर : ब्रह्मदेव क्षेत्रको झण्डै १२ वर्षपछि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १२, २०७७
1 min read

कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसँग जोड्ने नाकाका रूपमा विकास गर्न विस्तार थालिएको महाकाली कोरिडोरको ‘जिरो प्वाइन्ट’ ९ब्रह्मदेव क्षेत्र०को झण्डै १२ वर्षपछि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छ ।

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

२०६५ सालदेखि शुरू भएको महाकाली कोरिडोर दार्चुला तिंकर सडक योजनाकाको शुरुआत विन्दुमा अझै काम अघि बढ्न सकेको थिएन । महाकाली कोरिडोर दार्चुला तिंकर सडक योजनाका इञ्जिनीयर राजकिशोर सिंहले योजनाको शुरुआत बिन्दु ब्रह्मदेव क्षेत्रको रूख कटानको काम ‘ईआईए’ नहुँदा लामो समयदेखि रोकिएको बताए ।

‘ईआईए स्वीकृत भएसँगै अब कामको ठेक्का प्रक्रिया नियमित गर्ने बाटो खुलेको छ,’ इञ्जिनीयर सिंहले भने, ‘अब बोलपत्र आह्वान गरेर चाँडै काम अगाडि बढ्छ ।’ कुल ४२५ किलोमिटर लम्बाइ भएको कोरिडोरअन्तर्गत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ ।

त्यहाँ पर्ने रूख कटान गरी योजनाको काम अघि बढाउन आइतवार मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डँडेलधुरा, बैतडी हँुदै दार्चुला र त्यसपछि चीनको ताक्लाकोट जोड्ने सडकअन्तर्गत बैतडी, दार्चुलाको हिकिला र सुन्सेरा क्षेत्रमा काम भइरहेको सिंहको भनाइ छ ।

ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म सडक निर्माणका लागि चालू आवमा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले ब्रह्मदेव क्षेत्रको ठेक्का आह्वान गरेर योजना अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।

मानसरोवर जाने भारतीय पर्यटकलाई मात्रै प्राथमिकतामा राख्न सके यहाँ पर्यटकीय दृष्टिकोणले पनि सुदूरपश्चिम अग्रस्थानमा आउने उनको भनाइ छ । ‘कोरिडोर बनेपछि मानसरोवर जाने तीर्थयात्रुलाई धेरै सहज हुन्छ,’ उनले भने, ‘त्यसपछि यहाँको धार्मिकसँगै आर्थिक विकासमा टेवा पुग्नेछ ।’

नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली कोरिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि कोरिडोरअन्तर्गत डँडेलधुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको गति भने सुस्त छ ।

३ वर्षअघि महाकाली कोरिडोरअन्तर्गत चार जिल्लामा ट्र्याक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । कोरिडोरअन्तर्गत डँडेलधुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कुल ६७ किलोमिटर सडक खण्डको ट्र्याक खुलेको छ ।

दार्चुला तिंकर सडकखण्डको कुल १३४ किलोमिटरमध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । योजना कार्यालयका इञ्जिनीयर सिंहले सेनाले पनि ट्र्याक खुलाउन जनशक्ति व्यवस्थापनलगायत तयारी गरिरहेको बताए ।

‘सेनाले पनि निर्माणस्थलमा कामको तयारी गर्न व्यवस्थापनमा जुटिरहेको देखिन्छ,’ उनले भने, ‘कोरिडोरका लागि सैनिक जनशक्ति दार्चुला आइसकेकोे छ ।’ (गोदावरी न्युज बाट सभार)

सिफारिस

बैतडी

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5
बैतडी

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5
अर्को

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली - पहाडी भू–भागहरुमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

भुल्या छैन तेरी अनार डेउडा गीत बजारमा

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
6

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In