सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले पार्टी कार्यालय अब थापाथलीमा, ओलीले गरे निरीक्षण !!

काठमाडौं : धुम्बाराहीमा रहेको नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीमा सर्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बुधबार कार्यालय भवनको निरीक्षाण गरेका छन्। थापाथली पुगेर नयाँ पार्टी मुख्यालयको भवनको निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। एमालले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक व्यवसायीको घरलाई पार्टी कार्यालय बनाएको हो। उक्त घर पाँच वर्षको लागि भाडामा लिएको जनाइएको छ।

कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए। ’चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ,’उनले भने, त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सर्छौँ।’

Sana Kishan

२०७२ सालको भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic

प्रतिष्ठानको भवनको भाडा मासिक दुई लाख २५ हजार रुपैयाँ थियो । एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने तयारी छ । (annapurnapost बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.