सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

के फेरि होला लकडाउन ? एक चोटी अवस्य पढनुहोस् !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र ११, २०७७
1 min read

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन्। ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, निर्देशक डा. राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ। ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन। संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ’, उनी भन्छन्।

 

गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पु¥याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहो¥याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ।

‘गत वर्ष विकसित मुलुकबाट स्वदेश फर्कनेको पीसीआर रिपोर्ट अनिवार्य गरियो। भारतबाट घर फर्कनेलाई पीसीआर रिपोर्टबिना हुरुरु छिर्न दिइयो। घर पठाइयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘यही दोहोरो मापदण्डले कोरोना संक्रमण बढ्यो। लकडाउन घोषणाको अवस्था आयो।’

कोरोना संक्रमणको एक वर्ष पूरा भइसक्दा पनि जोखिम उस्तै छ। भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित हुन पुगेका छन्। सवा लाखमा झरेको सक्रिय संक्रमितको संख्या झन्डै चार लाख पुगेको छ। नेपाल–भारत नाकाबाट निर्बाध आवतजावत भइरहेको छ। कोरोना संक्रमणलाई देखाएर लकडाउन घोषणा गर्न नहुने डा. मरासिनी बताउँछन्। विगतको गल्ती सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना नरहेको बताउँछन्। ‘एन्टिजेन परीक्षण र घरमा बस्न नसक्नेलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ’, प्रवक्ता डा. गौतम भन्छन्, ‘तत्कालै लकडाउनको योजना छैन। जनस्वास्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ। संक्रमण बढेकाले भौतिक दूरी कायम गर्नुपर्छ। मास्क लगाउनुपर्छ। साबुनपानीले राम्रोसँग हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।’ नेपालमा पनि संक्रमण बढ्न सक्ने हुँदा देशभर भीडभाड हुने कार्य नगर्न÷नगराउन अनुरोध गरिएको डा. गौतम बताउँछन्।

 

(annapurnapost.com बाट साभार)

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

दाङमा स्कूल बस दुर्घटना : एकजनाको मृत्यु, २२ जना घाइते !!

बैतडीमा सामूहिक रुपमा होली खेल्न रोक !!

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In