सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बन्धक बनाएर ९ दिनसम्म करणी गरेको आरोपमा दुई पक्राउ !!

जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हेर्ने उद्देश्यले उनीहरू गत चैत १ गते विद्यालय गएनन् । स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ र १५ वर्षीया छात्रा परिवारलाई खबरै नगरी घरबाट निस्किएका थिए ।

 

सदरमुकाम पुग्नै लाग्दा दुवैलाई लिन मोटरसाइल आयो । उनीहरूलाई रुकुमकोट त पु¥याइयो तर सदरमुकाम घुम्ने, कमलदह अवलोकन गर्ने उनीहरूको योजना पूरा भएन । घुम्न निस्किएका उनीहरूलाई बन्धक बनाइयो । भूमे गाउँपालिकाबाट निस्किएका उनीहरूलाई लिन आधा बाटो पुगेका युवामाथि बन्धक बनाएको आरोप छ ।

 

पीडितका अनुसार २३ वर्षीय युवाले आफू बस्दै आएको जिल्ला अस्पतालको पुरानो भवनमा नौ दिनसम्म बालिकालाई बन्धक बनाएर निरन्तर करणी गरेको आरोप पीडितले लगाएका छन् । उक्त घटनामा अर्का एक १४ वर्षीय बालक पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । घुम्ने र घुम्नका लागि सहयोग गर्ने भनेर बालिकालाई बोलाएर ती युवाले अर्का बालकको सहयोगमा बन्धक बनाई करणी गरेको प्रहरीको दाबी छ । उनीहरूलाई बिहानै दिसापिसाबका लागि बाहिर लैजाने र फेरि भित्र लिएर थुन्ने गरेको बताइएको छ । हल्ला गरे, चिच्याए, कराएपछि मार्ने धम्की दिएर बन्धक बनाएको प्रहरीले बताएको छ । ९ दिनसम्म दुई–दुई बालिकालाई बन्धक बनाइएको कुरा नजिकै रहेका आफूहरूले चाल नपाएको अस्पतालका कर्मचारीले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘उनीहरू नौ दिनदेखि घरबाट बेपत्ता रहेछन्,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बुढाथोकीले भने, ‘आमाहरू आएर खोजतलास गरिपाऊँ भनेर निवेदन दिएपछि हामीले खोजी गरेका थियौं, त्यसको एकाध घण्टामा सबै पत्ता लाग्यो ।’ बालिकाको हुलियाका आधारमा खोजतलास गर्दा एउटा कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा बालिका फेला परेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । शंका लागेका ती युवालाई कोठाबाहिरै फेला पारियो र उसकै सूचनाका आधारमा बालिका फेला परेको उनले बताए ।

खाटमुनि असजिलो गरी सुताइएको अवस्थामा ती बालिका भेटिएका थिए । उनीहरूको सूचनाले अर्का १४ वर्षे बालक पनि समातिएका थिए । ती बालक भने अलि टाढा रहेको अवस्थामा समातिएका हुन् । चैत १ देखि ९ गतेसम्म निरन्तर बन्धक बनाइएको र करणी पनि गरेको खुलेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । अपहरण गरेर बन्धक बनाई करणी गरेको उनले बताए । ‘थप अनुसन्धान हुँदैछ, अरु कुरा पनि खुल्दै जालान्,’ उनले भने, ‘सबै विषयमा अहिल्यै बोल्न मिल्दैन ।’ प्रहरीले उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दा दायर गरेको छ । मंगलबार रुकुमकोट जिल्ला अदालतबाट किशोरलाई १० र बालकलाई ५ दिनको म्याद थप गरेर प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । दुवै बालिका प्रहरी संरक्षणमा छन् । चैत ९ गते फेला पारेको प्रहरीले मंगलबार मात्रै घटनाबारे जानकारी गराएको हो ।

 

दुवै बालिका सामान्य परिवारका हुन् । धेरै दिनसम्म छोरीहरू घर नफर्केपछि दुवैका आमा खोजतलास गरिदिनुप¥यो भनेर जिल्ला प्रहरी कार्यालयसम्म पुगेका थिए । उनीहरू दुवैसित मोबाइल समेत छैन । सहजै कुरा गर्न पनि सक्दैनन् । कहिल्यै गाउँ नछाडेका उनीहरू आफैं अचम्ममा परेका छन् । के भइरहेको र के हुने हो भनेर आफूले केही थाहा नपाएको एक बालिकाकी आमाले बताइन् । छोरीहरू कता गए भनेर खोज्न आउँदा यो सबै देखिएको भन्दै उनीहरू अन्योलमा छन् । उनीहरूले प्रहरीकहाँ पनि छिमेकीको मोबाइल नम्बर टिपाएका छन् । आफूहरूसँग मोबाइल नभएका कारण त्यसो गर्नुपरेको उनीहरूले बताए ।

 

 

 

(ekantipur.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.