सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

लडेकी कमलालाई फेरि गाडी ब्याक गरेर मारियो : कैलाली घटना !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १०, २०७७
1 min read
उपहार खबरबाट सभार

उपहार खबरबाट सभार

धनगढीः कैलालीकी कमला देवकोटाले सडक दुर्घटनामा परी ज्यान गुमाइन्। उनी लम्की बजारस्थित विहान आफ्नो होटेल गइरहेका बेला दुर्घटनामा परेकी थिइन्। उनको पारिवारिक स्रोतका अनुसार कमला आज उनका श्रीमानको बाहिर जाने काम परेपछि होटेल खोल्न भन्दै गइरहेकी थिइन्।

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
9

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
13

के भन्छन् प्रत्यक्षदर्शी ?
प्रत्यक्षदर्शी एक महिला भन्छिन् –“आज उनी डेढ वर्षीय छोरालाई लिएर होटेल गइरहेकी थिइन् । रोड क्रस गरिरहेकी उनलाई गाडीले ठक्कर दियो। उनी लडिन्। उनको साथमा भएका छोरा हुत्तिएर केही पर लडे। हामीले छोरालाई समातेर ल्यायौँ। गाडीको ठक्करबाट लडेकी कमलामाथि गाडी ब्याक गरेर उनको छातिमाथि गाडी चढाएर किचियो। छोरालाई चोट त लागेको छ तर उनी बाँच्न सफल भए।” उनले उपचारपछि कमलाका छोरालाई घर ल्याइएको बताइन्।

“कहिलेकाँही मात्र होटेल जाने गरेकी कमलाको दिन आज अन्तिम होला भन्ने कसले सोचेको थियो र उनका स–साना बच्चाको अवस्था अब के हुन्छ ?” उनले भावुक हुँदै भनिन्।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने कमलाको मृत्यु ठ्याक्कै कसरी हुन गयो भनेर अनुसन्धान भइरहेको बताएको छ।

को थिइन् कमला ?
कैलालीको लम्कीचुहा नगरपालिका–१ थकाइलीपुरकी कमलाको विवाह १६ वर्षको उमेरमा भएको थियो। कक्षा ११ मा पढ्दै गर्दा उनको गाउँ नजिकैका टंक बुढा (उनका श्रीमान)संग प्रेम बसेपछि उनले भागी विवाह गरेकी थिइन्।
उनका छिमेकीका अनुसार उनी शान्त स्वभावकी, थोरै तर मिठो बोल्ने, मिलनसार थिइन्। सामान्य परिवारकी उनले घरव्यवहार सम्हाल्दै आएकी थिइन् भने उनका श्रीमान सानो नास्ता पसल चलाउँदै आएका छन्। उनका सासूससुरा भारतमा छन्।

उनी श्रीमान, देवर र दुई सन्तानको साथमा बस्दै आएकी थिइन्। उनकी ४ वर्षीया छोरी र डेढ वर्षका छोरा छन्। छोरी देवांशी बुढा अहिले नर्सरीमा पढ्छिन्।

घटनाबारे के भन्छ प्रहरी ?
प्रत्यक्षदर्शीले गाडी ब्याक आएर किचेको बताए पनि प्रहरीले भने त्यसबारे थाहा नभएको बताएको छ। घटनाको अनुसन्धानको क्रममा रहेकाले अनुसन्धानपछि मात्रै सबै कुरा थाहा हुन आउने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका—१ का ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसले कमलालाई ठक्कर दिएको थियो। सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन्।

अवस्था तनावग्रस्त भएपछि भिडलाई तितरबितर पार्नका लागि प्रहरीले हवाईफाइरसमेत गरेको थियो। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको खुट्टार एक जनाको पेटमा गोली लागेको छ। गम्भीर घाइते कृष्ण प्याकुरेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अर्का घाइते दीपक सन्ज्यालको नेपालगञ्जमा उपचार भइरहेको छ।

 

 

(ईन्फो खबरबाट साभार)

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
9
मुख्य समाचार

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
13
मुख्य समाचार

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
8
मुख्य समाचार

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
29
मुख्य समाचार

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

बैशाख ९, २०७८
23
मुख्य समाचार

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

बैशाख ९, २०७८
7
अर्को

पठाओ राइडर ट्याक्सी चालकबाट निर्घात कुटिए !!

बन्धक बनाएर ९ दिनसम्म करणी गरेको आरोपमा दुई पक्राउ !!

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
9

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
13

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
13
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
8

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
29
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In