सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यो सरकार रहेसम्म संसदको अपमान बढ्दै जान्छ : गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् ।

‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए ।

World Link Ads
Mahakali Polytechnic

‘संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्’ थापाले भने ।

Sana Kishan

प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।

‘कहिले संसद छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लागउन संसद भंग अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिँदैछ’ उनले भने ।

अहिले विधेयक अधिवेशन चलिरहेको भन्दै थापाले संसदलाई विजनेश दिन सरकारलाई आग्रह गरे ।

‘एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा पनि विधेयक नदिने ? अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने ?’ सांसद थापाले प्रश्न गरे, ‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं ।’

सरकारले ल्याएका एसिड कारोबारलाई नियन्त्रण गर्नेसहितका सात वटा अध्यादेश प्रतिनिधिसभामा पेश हुन सकेको छैन । सरकारले संसदमा अध्यादेश गर्न नदिएको भनेर विपक्षी दलहरुको आलोचना गर्ने गरेको छ । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.