सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

दिनेशले आरोप लगाएका कर्मचारी महेन्द्रनगरबाट पक्राउ परेका थिए?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १०, २०७७
1 min read

धनगढीः बलात्कारपछि हत्या गरिएको अवस्थामा श’व फे’ला परेकी बैतडीकी किशोरी भागरथी भट्ट प्रकरणलाई लिएर अभियुक्तका बुवाले नयाँ कुरा खोलेपछि आइतबारदेखि त्यस विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
6

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

भागरथी भट्ट ह’त्याको करिब दुई सातापछि प्रहरीले प’क्राउ गरि मुद्दा चलाएर हाल पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका उनका भाइ नाता पर्ने १७ वर्षीय किशोर दिनेश भट्टका बुवाले महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो छोरा ‘निर्दोष’ रहेको दाबी गर्न समेत भ्याएका छन्।

तर अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाएको एक महिना ४ दिनपछि दिनेशका बुवा दीपक भट्टले आफ्नो छोरा निर्दोष रहेको भन्दै सार्वजनिक गरेको दलिलको कुनै अर्थ नरहेको अधिकारीहरुले बताएका छन्।

दिनेशका बुवाले छोराले आफूसँग गाउँपालिकाकै कर्मचारी र एक अर्का अपरिचित व्यक्तिले भागरथीको हत्या गरेको देखेको तर उनीहरुले ध’म्की दिएपछि आफूले नै अपराध स्वीकारेको भनेका बताइरहेका छन्।

दिनेशका बुवाले सञ्चार माध्यममा भनेका छन्– ‘बाल सुधार गृहबाट मलाई फोन गरेर आफूले भागरथीको ह’त्या नगरेको बताएको थियो, शनिबार म आफै दिपायल गएर भेटेर आएको थिए। उसले भागरथीको ह’त्या गर्नेले मेरो घाँ’टीमा च’क्कु राखेर अरुलाई भनेपछि तिमी, तिम्रो बुवा र भाइलाई मारिदिन्छौँ भनेका थिए। मर्नु भन्दा जेल जानु ठीक भनेर मैले अपराध स्वीकारेको हुँ भन्ने उसको भनाइ छ।’

उनले थपेका छन्– ‘यसअघि मसँगै भागरथीको ब’ला’त्कारपछि ह’त्या गरेको स्वीकार गरेका थियौँ नी भनेर सोध्दा उसले त्यतिबेला तपाईहरु गाउँमै बस्नुहुन्थ्यो भनेर मैले भनेन। अहिले त गाउँ छोडिसक्नुभयो त्यसैले सत्य कुरा बताएको हुँ,’

को हुन् दिनेशले आरोप लगाएका कर्मचारी ?

पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका अभियुक्त दिनेशले आरोप लगाएका भनिएका परिचित व्यक्ति दोगडाकेदार गाउँपालिकाकै कर्मचारी भएको बताइन्छ। उनी गाउँपालिकाको वडा नम्बर ७ का प्राविधिक कर्मचारी हुन्। मृतक भागरथी र अभियुक्त दिनेश पनि सोही वडाका हुन्। कार्की थरका ती कर्मचारी अहिले पनि दोगडाकेदारमै कार्यरत रहेको बताइन्छ।

ती कर्मचारीबारे के भन्छ प्रहरी ?

बलात्कारपछि ह’त्या गरेको अवस्थामा फे’ला परेकी भागरथी भट्टको ह’त्या प्रकरणमा नेपाल प्रहरीले झण्डै २ सय जनामाथि अनुसन्धान गरिएको जनाएको छ। सो क्रममा अभियुक्त दिनेशले अहिले आरोप लगाइरहेका कर्मचारी पनि अनुसन्धानको घेरामा आएका थिए।

तत्कालीन समयमा प्रहरीले अनुसन्धानका लागि महेन्द्रनगरबाट पक्राउ गरेका व्यक्ति तिनै कर्मचारी रहेको प्रहरी उच्च स्रोतले’ बतायो। यद्यपी अनुसन्धानपछि भने उनी छुटेका थिए।

‘हामीले ती कर्मचारीलाई करिब ५–७ दिन हिरासतमा राखेर अनुसन्धान गरेका थियौँ,’ प्रहरी स्रोतले भन्यो, ‘तर तथ्य र प्रमाणले उनीमाथिको शंकालाई पुष्टि गरेन। सोही कारण उनलाई छोडिएको हो। अब जबरजस्ती उनलाई कसरी अपराधी करार गर्न सकिन्थ्यो।’

अनुसन्धानका क्रममा ती कर्मचारी जस्तै झण्डै दुई सय जनालाई हिरासतमा लिएको बताउँदै प्रहरीले सबैको विवरण सार्वजनिक गर्न नसकिने बताउने गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च प्रहरी अधिकारीकाअनुसार संदिग्ध भएको आशंकामा ती कर्मचारीको लोकेशन, अन्य गतिविधि र घटना भएका बेला उनको भौतिक उपस्थिती लगायतका विषयमा पनि अनुसन्धान गरिएको थियो।

‘अनुसन्धानका क्रममा उनी घटना भएको दिन कार्यालयमै रहेको खुलेको थियो,’ स्रोत भन्छ, ‘उनले त्यो दिन कार्यालयबाट सेवा दिएका सेवाग्राहीले प्रहरीमा कागजपत्र नै गरेका छन्।’

तर उनलाई महेन्द्रनगरबाट किन पक्राउ गरियो ? भन्ने प्रश्नमा प्रहरी अधिकारी भन्छन्, ‘त्यो बेला गाउँ छोडेर अन्यत्र जाने सबै व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गर्ने क्रममा नै उनी पनि परेका हुन्।’

यद्यपी प्रहरीले भने मुद्दा अदालतमा विचाराधिन भएकाले विगतमा अनुसन्धानका क्रममा गरिएका काम कारवाहीको बारेमा अहिले बोल्न नमिल्ने बताउदै आएको छ। (ईन्फो खबर बाट सभार)

 

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को

बैतडीमा जिउदो खसी, बोका बिक्री गर्ने किसानले अनुदान पाउने !!

एमाले (नेपाल) पक्षीय युवा संघको सुदुरपस्चिम कञ्चनपुरबाट उदाए नब युवा !!

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
7

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
6

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In