सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘कांग्रेसको नेतृत्वमा सरकार बन्‍ने परिस्थिति अझै बनेको छैन’

काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने परिस्थिति सुनिश्चित नभएको बताएका छन्। पार्टी कार्यालय सानेपामा सोमबार भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि पत्रकारलाई जानकारी दिँदै उनले अझै परिस्थिति सुनिश्चित र परिपक्क नभएकाले कांग्रेसले सरकार बन्न नसक्ने धारणा राखे।

उनले पदाधिकारी बैठकमा नयाँ सरकार गठनबारे छलफल नभएको संकेत गरे। ‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता प¥यो भने दिन्छौं भनेकै छौं। अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन।’ लेखकले भने ‘सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ।’

बैठकमा क्रियाशील सदस्यबारे छलफल भएको उनले बताए। उनले महाधिवेशनका लागि नामावली संकलन र वितरणमा ढिलाइ भएको बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको भन्दै संस्थापन इतरका नेताहरूले पनि सरकार नेतृत्व लिनका लागि अग्रसर हुन देउवालाई आग्रह गरिरहेका छन्। प्रधानमन्‍त्री केपी ओलीप्रति व्यक्तिगत रुपमा पहिलेदेखि नै अलि नरम देखिएका पार्टी सभापति देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन भूमिकामा छन्। ओलीलाई हटाउनेतिर भन्दा चुनावतिर देउवाको जोड देखिएको छ। बोहराटारको रणनीतिअनुसार देउवा सत्ता साक्षेदारीमा छलफल चलाएर निर्णय लिने मुडमा छैनन्।

प्रधानमन्‍त्री केपी ओलीको विकल्प खोज्‍न अग्रसर हुनुपर्ने भनेर पार्टीभित्रैबाट देउवमाथि दबाब भइरहेका बेला बोलाइएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरू पौडेल निवास बालुवाटारमा बसेर छलफल गरेका थिए। ओलीको विकल्प खोज्‍न देउवा सक्रिय नदेखिएपछि त्यसका लागि दबाद दिने रणनीतिअनुसार यो बैठक बोलाइएको थियो। बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव,डा.मिनेन्द्र रिजाललगायतको सहभागिता थियो। (annapurnapost बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.