बैतडीको पाटनमा मानसिक स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार भोली १० पाटन प्राथमीक स्वास्थ्य केन्द्रमा बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन हुने भएको हो । मानसिक स्वास्थ्य समस्या भएका, पहिले उपचारमा रहेका र अन्य ब्यक्तिहरुलाई समेत शिबिरमा आएर सेवा लिन आग्रह गरिएको छ । (रेडियो बैतडी बाट सभार)