सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा सवारी ज्यान मुद्दामा फरार अभियुक्त १८ वर्षपछि पक्राउ !!

कैलाली – जिल्लामा सवारी ज्यान मुद्दामा फरार एक ट्रयाक्टर चालकलाई १८ वर्षपछि पक्राउ परेका छन्। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९ फागुन ३० मा स्वारले चलाएको से १ त ११४१ नम्बरको ट्रयाक्टरले सोही ठाउँका धनिराम डगौराको च्यापिँदा मृत्यु भएको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

घटनापछि चालक स्वार फरार थिए । खोज तलास गर्ने क्रममा उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Dirghayu Ads

 

 

(गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.