सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका कच्ची सडकहरु धुलाम्य हुँदा नागरिकलाई सास्ती !!

बैतडीका कच्ची सडकहरु धुलाम्य हुँदा नागरिकलाई सास्ती भएको छ । कच्ची सडकहरु धुलाम्य हुँदा सडक किनारमा आवतजावत गर्नेहरुलाई झन सास्ती भएको स्थानीयहरुले बताएका छन् । जिल्लाको पाटन – पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौलीदेखि पञ्चेश्वर सम्मको सडकमा आवतजावत गर्न निकै कठीनाई भएको स्थानीय राजबहादुर चन्दले जानकारी दिनुभयो । सडकमा गुड्ने सवारी साधनले पैदल यात्रीहरुलाई सकस भईरहेको उहाँले जानकारी दिनुभयो ।

गाडी गुड्दा सडकमा धुलो उड्ने र त्यसले पैदल यात्रीहरुलाई समस्या गर्ने गरिरहेको उहाँले जानकारी दिनुभयो । सडक धुलाम्य हुँदा विद्यालय जाने बालबालिकाहरुलाई समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘बिहान लगाएको कपडा साँझ धुलोले भरिएको हुन्छ । सडक किनारमा आवतजावत गर्न निकै समस्या छ ।’

सडक धुलाम्य भएका कारण मोटरसाइकल सडकमा गुडाउनै मुस्कील भएको शिवनाथका स्थानीय केशवबहादुर चन्दले जानकारी दिनुभयो । सडकभरी धुलो भएका कारण मोटर साइकल गुडाउन निकै मुस्कील हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सडकमा धुलोका कारण हिड्नै मुस्कील छ । मोटरसाइकल चलाउन त निकै समस्या हुने गरेको छ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पाटन पञ्चेश्वर सडक कालोपत्रेको काम भईरहेको भएपनि अझै एकदुई बर्ष नागरिकले धुलाम्य सडकको सास्ती व्योहर्न पर्ने स्थानीयहरुले बताएका छन् । लामो समयदेखि सडकको प्रतिक्षामा रहेका सोराडबासी सडक पुगेकोमा खुसी भएका भएपनि कालोपत्रेको काम चाँडो हुनुपर्ने उनीहरुको भनाई छ । पाटन पञ्चेश्वर सडक निर्माण भएको ३ दशक बढी भएपनि कालोपत्रेको काम भने सकिएको छैन् । सो सडकमा धेरै समयपछि मात्रै बजेट विनियोजन भएकाले सडक निर्माणले गति नलिएको हो ।

Dirghayu Ads

पछिल्लो समयमा सडक निर्माण र कालोपत्रे गर्ने कार्य दु्रत गतिमा रहेको भईरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । धुलोका कारण विभिन्न रोगहरु लाग्ने भएकाले सकभर धुलो धुँवाबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । (भगीरथ अवस्थीलेे ninglashainionline मा लेखेका छन्) 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.