सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवनाथ धाम जाने सिंढी सहितको पदमार्ग निर्माण !!

बैतडीको शिवनाथ गाउँपालिकामा शिवनाथ धाम सम्म जोड्ने सिंढी सहितको पदमार्ग निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत उक्त सिंढी निर्माण गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

तल्लोसोराड क्षेत्रको मुख्य धार्मिक स्थलको रुपमा रहेको शिवनाथ धाम पुग्नका लागि पदमार्ग निर्माण भएपछि धार्मिक पर्यटकहरुलाई सो धाममा पुग्नका लागि सहज हुने विश्वास गरिएको उहाँले जानकारी दिनुभयो ।

Sana Kishan

साढेचार सय सिंढी रहेको पदमार्ग ३२ लाखको लागतमा निर्माण भएको अध्यक्ष साउँदले जानकारी दिनुभयो । शिवनाथ धाम पुग्नका लागि पदमार्ग निर्माण गरिएपछि दर्शनार्थीहरुलाई सहज हुने उहाँले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

शिवनाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमीमा जात्रा लाग्ने गर्दछ । सो जात्रामा नेपालका साथै भारतका विभिन्न स्थानका दर्शनार्थीहरु आउने गरेका छन् । शिवनाथ धाममा पुग्ने पदमार्ग निर्माण भएपछि दर्शनार्थीहरुलाई सो ठाउँमा पुग्न सहज भएको स्थानीय केशवबहादुर चन्दले जानकारी दिनुभयो । (भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.