सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

“घनिष्ठता”

दिनभरिको तनाब लाई केलाएर
थकित मुद्रामा फर्कदै गर्दा,
सामिप्यता देखाउन
लडिबुडी खेल्न आउने उ,
निस्कदा खेरी खुट्टामा
बटारिएर रोक्न खोज्छ।
मैले गरिरहेका क्रियाकलाप
उ निर्जीव जस्तै
नचलमलाई
एकतमासले हेरि मात्रै रहन्छ

मैले देखाएको उ प्रति सहानुभूतिले हो
वा, यता उति जाँदा
उसङ्ग जिस्किने भएर हो,
वा, नजिक पर्दा शिरमा
हात राखी मुसारी दिएर हो,
उसको नामले सुस्तरी बोलाउदा
उ म लाई अत्यन्तै
मायालु नजरले हेर्छ,
उस्को समिपबाट आफुलाई अलग गर्दा
उसका निर्मल आँखाले
मेरा लम्किरहेका पदचाप
र हल्लिरहेका हातलाई
ओझेल नपरुन्जेल हेरिरहन्छ,
सायद फेरि आफ्नो समीपमा आउने
समयको लेखाजोखा गरिरहेको पो हो कि?

धेरै कुरा आँखाबाट भनेर होला
उ खासै बोल्दैन ।
बोलिहाले पनि आफ्नै लवजमा
सुस्तरी बोल्छ,
सायद मलाई बुझाउन नसकेर होला
चलायमान नयनले
मेरो अनुहार
मैले नजर नहटाए सम्म टहलाइरहन्छ,
कठै कति निशब्द अनि मायालु छ उ !

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भोक लाग्दा मुख ताक्ने
प्यासमा पुच्छर हल्लाउने
भिडभाडमा मेरो खुट्टामा बटारिने
एकान्तमा जिउ माथि खेल्ने
उ अचेल आधा शरीर लाग्न थालेको छ।
उसलाई बाधेको साङ्लोबाट खोलेर
पुरै संसार देखाउने, घुमाउने
इच्छा नभएको कहाँ हो र?
तर समय जुरेको छैन।

उ जस्तै निस्वार्थी हुन मन छ,
निसङ्कोच आफ्ना भावनाहरु
छरपस्ट राख्न मन छ।
आफ्नो बफादारी
र मायाको बदलामा
आकांक्षा शुन्यमा पुर्‍याउन मन छ,
बफादारीको अर्को नमुना बनेर
निस्चिन्त भएर बाँच्न मन छ
बितेको समय
र आउने समस्यालाई
चटक्कै भुल्न मन छ
वर्तमान परिवेशमा
आफुलाई पुरै समाहित गर्न मन छ

मलाई उ जस्तै हुन मन छ
यो जुनि या अर्को कुनै जुनि
उसका भावना
र बुझ्न नसकेको लवज
सरसर्ती अनुभव गर्न मन छ ।
“सम्पादनको लागि Khem Saud लाई धन्यवाद🙏”

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.