सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोगडाकेदारका वडाध्यक्ष शंकास्पद रुपले होटलमा भेटिए

बैतडी : दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुवैजनालाई बिहीबार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनीहरु एउटै कोठामा रहेको भन्ने वडा अध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेकी हुन्।

Sana Kishan

शंकास्पद रुपमा भेटिएका दुवैजनालाई सदरमुकाम ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। ‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘जिल्ला ल्याइँदंछ, थप बुझ्छौं। अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन। पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ।’

World Link Ads
Mahakali Polytechnic

वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन्। थाहाखबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.